धरान/ लिम्बुहरुको साँस्कृतिक नाँच धान नाच । आफ्नो सँस्कृतिको पहिचानलाई जिवन्त राख्न अहिले यो नाँच युवा पुस्तासम्म हस्तान्तरण गर्ने अभियान किरात याक्थुङले चलाएको छ । यसैको निरन्तता धरानमा प्रत्येक बर्ष चासोक तङनामको अवसरमा धान नाचलाई प्राथमिकतामा राख्ने गरिएको छ ।

गाउँघरमा नाचिने लिम्बुहरुको धान नाँच युवा पुस्तालाई हन्तारण गर्नको लागि किरात याक्थुङ चुम्लुङले अभियानै रुपमा अगाडि बढाएको छ ।

चुम्लुङले धरान १५ आफ्नै भवनको प्रांगरणमा प्रत्येक बर्ष चासोक तङनामको समयमा उत्सव नै मनाउने गरेको छ । यस बर्ष पनि मंसिरे पूर्णिमाको दिनदेखि पाँच दिनसम्म उत्सवकै रुपमा मनाएको छ । उत्सवका समयमा मौलिक बाजा च्याब्रुङ बजाउने, छेलो हान्ने, धनुषवाण हान्नेसँगै धान नाच्ने कार्यक्रम गर्ने गरेको छ ।

लिम्बुहरुको साँस्कृतिक नाचलाई युवा पुस्तासम्म पु¥याउनकै लागि भएपनि धान नाचलाई प्राथमिकतामा राखेर एक दिन धान नाच कार्यक्रमलाई प्राथमिकतामा राख्ने गरिएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला बताउनुहुन्छ । गाउँघरमा सीमित धान नाचलाई र्साँस्कृतिक नाचकै रुपमा अगाडि बढाउदै सामुहिक रुपमा यो कार्यक्रम गर्न थालिएको बताए ।

यसरी कार्यक्रम गर्नुको प्रमुख कारण पुस्ताहस्तान्तरण रहेको उनको भनाई छ ।

हुन त यहाँ आएर धान नाच्नेहरु पनि चासोक तङ्नाम लिम्बुहरुको साँस्कृति प्रदर्शन गर्ने थलोको रुपमा लिने गरेका छन् ।

गाउँघरमा मात्र सीमित धान नाँच सामुहिक रुपमा मनाउन थालिएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् ।

धरानका हरेक जातजातिका साँस्कृतिक पर्वलाई स्थानीय सरकारले समेत प्रोत्साहनका कार्यक्रम गर्ने गरेको छ ।

स्थानीय सरकार आफै सहभागी हुने गरेको छ । धान नाँचका साँस्कृतिक महत्वलाई उजागर गर्न स्थानीय सरकारले धेरै काम गर्ने गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए ।

 धान नाच लिम्बू जाति को एउटा प्रसिद्ध लोकनृत्य रुपमा लिने गरिएको छ । यसलाई लिम्बू भाषामा यालाङ (लिम्बूः अथवा यालक्मा भनिन्छ 

 यसको उत्पत्ति नेपालको लिम्बूवान क्षेत्रमा भएको हो । यो नृत्य पूर्वी नेपालका साथै भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किम क्षेत्रका लिम्बू समुदायका मानिसहरूद्वारा प्रदर्शन  गर्ने गरिएको  छ। यो नृत्यसंग गाइने गीतलाई पालाम  भन्ने गरिएको छ ।