सुनसरी /धरान उपमहानगरपालिका वडा नं. १३ मा जिरो प्वाइन्टमा दुर्घटना हुदा एकजना महिलाको घट्ना स्थलमै मृत्यु भएको छ भने सख्त घाइते भएका एक पुरुषकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

धरान १३ जिरोपोइन्ट धरान १६ स्टुडियम जाने बाटो र भानुचौक झर्ने सडक छेउमा दुर्घटना हुदा स्कुटीमा सवार पर्साकी बीपीमै कार्यरत कर्मचारी अमरिता माखिम (लिम्बु)को घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटीमा सवार मृतकका श्रीमान प्रभु दियाल चौधरीको  धरास्थित बीपी कोइरालाको आकस्मिक कक्षमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा आज विहान भएको

‘रन द म्याइलस फिल द स्माइल’ नामको म्याराथुन दौडमा प्रतिष्ठानका जिओपिडी देखि धरान १३ फुस्रेसम्म पुगेर आएको प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बसले कर्मचारी प्रभु दियाल चौधरी र अमरिता माखिम (लिम्बु) चढेको प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार अमरिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करले को १ च ८१०८ नम्बरको भ्यानमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।