धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति १२ बजे देखि भोली ९ गते राती १२ बजे सम्म धरानमा निषेधाज्ञा लगाएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज आदेश जारी गर्दै स्थानिय प्रशासन ऐन २०२८ को दफा  ६को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । धरानमा पछिल्लो समय धार्मिक तथा सास्कृतीक विवाद चर्किदै गएपछि धरानको शान्ति सुरक्षाको अबस्था गम्भिर बन्दै गएको छ । पहिचानबादीहरुले सार्वजनिक रुपमा गोरु भोज गरपछि हिन्दु धर्म सम्बद्ध पक्षले भोली ९ गते धरानमा कार्यक्रम राखेको थियो । धरानमा गौ रक्षाका लागि हुने कार्यक्रममा धरानबाहिरबाट समेत सहभागि हुने र धरानमा मुडभेटको अबस्था आउन सक्ने भएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले धरानका भित्र हिडडुल गर्न परे स्थानिय प्रशासनको स्वीकृती लिनु पर्ने भन्दै धरान प्रबेश गर्ने चार वटै नाका शिल गरेको छ ।चतराबाट धरान आउने झण्डा चौक,नहडा,पानीपिया तथा भेडेटार क्षेत्रबाट आजराती १२ बजे देखि धरान प्रबेश गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । यसैविच शुक्रबार धरानका राजनैतिक दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र सम्बादका माध्यमबाट समस्या समाधान गर्न सबैपक्षलाई आग्रह गरेका छन् । 

IMG-20230825-WA0007

20230825_154941