धरान/नेपाली सङ्गीत क्षेत्रमा स्थापित गायक बिजय वाम्बुले राईले नयाँ गीत ‘प्याराे मान्छे तिमी’ सार्वजनिक गरेका छन्। गायिका मिलन नेवारको स्वर रहेको यस गीतका शब्द, सङ्गीत र निर्देशन स्वयं बिजय वाम्बुलेले गरेका छन्।

बिजय वाम्बुले राईले यसअघि ‘किराती हामी’ जस्ता चर्चित गीतहरू गाएर नेपाली सङ्गीत प्रेमीहरूको मन जितिसकेका छन्। नयाँ गीतको भिडियोलाई तृष्णा राई र डेबिट मोक्तानले अभिनयमार्फत प्रस्तुत गरेका छन्।

गीतको मिश्रण तथा सम्पादन मेवाहाङ राईले गरेका छन् भने सङ्गीत व्यवस्थापन पावल चाम्लिङ राईले गरेका हुन्। ‘द स्काइ’ स्टुडियोमा निर्माण भएको यस गीत र भिडियोलाई नेपाली सङ्गीतप्रेमीहरूबाट गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

उक्त गीत गायक बिजय वाम्बुले राईकै आधिकारिक युट्युब च्यानल ‘बिजय वाम्बुले राई’ मार्फत सार्वजनिक गरिएको हो।