धरान /इलाका प्रहरी कार्यालय धरानले सोमबार राती जुवा खाल बाट ११ जनालाइ पक्राउ गरेको छ । 
धरान १० स्थित बिजयपुर हस्पिटल अगाडि रहेको केक प्यालेसबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।   
प्रकाउ  पर्ने हरुमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ ,भरत थापा, बम बहादुर  बस्नेत , अशोक राई, जस बहादुर राई,  कुमार राई, सागर  राई,  कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनिहरुलाइ आजै म्याद थप हुने उनले जानकारी दिए ।
श्रोतका अनुसार  पक्राउ पर्ने बम बहादुर बस्नेत
आमचोक गाउपालिक वडा नं-६ का वडा अध्यक्ष  हुन राजेन्द्र श्रेष्ठ वडा नं-९ का पुर्ब वडा अध्यक्ष बम बहादुर श्रेष्ठ का छोरा हुन भने अशोक राई   श्री लक्ष्मी मा.बि. पाङ्चा का शिक्षक हुन् ।