बिराटनगर  / मोरङको बिराटनगर ५ बाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर ५ चाँदनी चोकमा रहेको जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा  ल्याएको ८ हजार ६ सय ९४ पिस रजनीगन्धा  र ७ हजार ३ सय ४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा फेला पारेको थियो । 

 चोरी तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउपालिका ६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर ५ का ४२ बर्षीय अरुण यादव समेतलाई को. १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । 

अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका २ स्थितमा अवैध रुपमा भारत बाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ६ हजार मुल्य बरावरको १ सय ८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको छ ।