धरान । गत साउन ५ गते धरान -इटहरी सडक खण्डको सेउती पुलमा लुटपाट गरि हत्यामा सम्लग्न थप एक जना आज पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान ४ का युनेश राई रहेका छ्न । उनी धरान उपमहानगरपालिका को आकस्मिक दमकल सेवाका सिपाइ ( कर्मचारी ) हुन । युनेशले लुटेरालाई पेस्तीको गोलि सप्लाइ गर्ने गरेको प्रहरीले जनाएको छ ।उनको साथबाट ८ थान गोलि समेत फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जङ्गलमा  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको थियो । प्रहरीले उक्त घटनामा सम्लग्न ६ जनालाई पक्राउ गरि सकेको छ ।