धरान/ आज साउन १ अर्थात धरान उपमहानगरपालिकाका पूर्वमेयर तारा सुब्बाले धरानवासीलाई सधैका लागि छाडेर यो संसारबाट विदा भएको दिन ।
आजकै दिन अर्थात २०७५ साल साउन १ गते पूर्वमेयर शूव्वाको दुखद निधन भएको थियो ।
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार असार २६ गते राति १० वजेर ५० मिनेट जाँदा तारा सुब्बा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर धरान उमपहानगरपालिकाको मेयर भए ।
तर ठिक ३ सय ७२ दिनमा अर्थात ०७५ साउन १ गते गुमाउनु पर्यो ।उपचारको क्रममा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा शूव्वाको निधन भएपछि धरानवासीले एकमात्र विकासप्रेमी मेयरलाई गुमाएपछि धरान शोकमा डुव्यो ।
विसं. ०२३ साल माघ १८ गते तेह्रथुमको खाम्लालुङमा जन्मिएका शुव्वाको निधनसँगै धरान बनाउने सपनाहरु पनि अधुरो नै रहेको छ । भौतिक शरीरबाट टाढा भएतापनि सधैं सम्झिरहने शुव्वा धरानवासीको लागि नक्षत्र बनेका छन् ।स्वर्गीय शुव्वाले धरानलाई अत्याधुनिक शहर बनाउने सपनाहरु अधुरै छाडेर विदा भए ।
मृगौला रोगबाट पीडित थिए ।धरानलाई स्मार्ट सीटी बनाउने आफ्नो सपनालाई अधुरै छाडेर विकासप्रेमी नेताले महाप्रस्थान गरेसँगै धरानले अझै पनि स्वर्गीय तारा शुब्वाको अभाव महसुस गरि नै रहेको छ । मेयर भएर कार्यभार सम्हालेको पहिलो दिन धरानका सुकुम्वासीलाई जग्गा धनीको मालिक बनाउन घर नम्बर वितरण गर्ने कार्य शुरुवात गरे।
धरानको तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्र्तगत बसपार्क निर्माण, डाँडाघोपामा एयरपोर्ट निर्माण ,खानेपानीको दीर्घकालीन समाधान थालेका थिए ।
धरानलाई स्मार्ट सिटी बनाउने, धरानका चारवटै नाकामा सांस्कृतिक पहिचानसहितको प्रवेशद्वार बनाउने, शान्तिस्तुपा निर्माण गर्ने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने र केवलकार सञ्चालन गर्नेदेखि नगरविकास लगानी बोर्ड निर्माणको सपना बुनेका थिए । शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष योजना बनाएका थिए ।
उनी चार दशक राजनीतिमा सक्रिय तारा सुब्बा एमालेको धरान उपमहानगर कमिटीका अध्यक्ष रहेर कुशल नेतृत्व गरेका थिए ।
आज तिनै पूर्वमेयर शूव्वाको स्मुति धरानवासीले गर्दैछन् । आज धरान नेकपा एमाले धरान उपमहानगर कमिटीले धरानमा शव्वाको सातौ स्मृतिशेष कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा गरिदैछ ।
एमाले धरान उपमहानगर कमिटी उप सचिब योगेश काफ्लेका अनुसार धरान १९ स्थित हरियाली सामुदायिक वनमा विहान साढे ७ बजेको उक्त कार्यक्रम गरिने भएको हो ।
कार्यक्रममा संक्षिप्त जीवनी सहितको शिलालेखको अनावरण तारा शुव्वा स्मृति प्रतिष्ठान समेत गरिने भएको छ ।