धरान/ घना जंगल माँसिदै जाँदा जंगली जनावर तथा चरा चुरुङ्गीको आहार सकिदै गएपछि जंगली जनावर तथा चरा चुरुङ्गी माँसिदै गएका छन् ।
मासिने क्रम बढ्दै जाँदा बादर प्रजातिका जनावरहरु जंगलमा खान नपाएपछि शहर केन्द्रित बन्दै गएका छन् । सहर छिरेका बाँदरहरुले उपद्रो मच्चाउदै आएका छन् ।
जंगली जनावरलाई जंगलमै संरक्षण गर्नुपर्छ भन्ने अभियान बोकेर विगतदैखि नै धरान तरहराबीचको चारकोशे जंगलमा फलफूलका विरुवा रोप्दै आएको सामुदायिक प्रकृति र्सरक्षण अभियान नेपालले विभिन्न सघ सथासँग सहकार्य गरेर फलफूलका विरुवा रोपेको छ ।
वनलाई बगैचा बनाऔं’ भन्नै अभिया नै बोकेर विगत केही बर्षदेखि निरन्तर चारकोशे जंगलमा अभियान नेपालले फलफूलका विरुवा रोप्दै आएको हो ।
बन जंगल मासिदै जाँदा पशुपंक्षीको आहारा समेत खोसिदै गएको छ । आहारको कमी भएकै कारण जंगली पशुपंक्षी लोप हुदै गएका छन् ।
जंगली पशुपंंक्षीले पनि बाच्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले प्रयोग गर्ने आहार व्यवस्थापन गर्ने उद्देयले विगत ५ बर्ष भन्दा लामो समयदेखि धरान तरहराबीचमा पर्ने चारकोशे जंगलमा विभिन्न जातका फलफूलका विरुवा रोप्दै आएको सामुदायिक प्रकृति र्सरक्षण अभियान नेपालले विभिन्न संघ संस्थासँग सहकार्य गरेर यस बर्ष पनि फलफूलको विरुवा रोपेको हो ।
अभियान नेपालको अगुवाईमा सुनसरी उद्योग वाणिज्य संघ, यातायात व्यवसायी राष्ट्रिय महासघ कोशी प्रदेश लगायतका संघ संस्थाले चारकोशे जगलमा ‘वनलाई बगैचा बनाउ अभियान’ अन्तर्गत विभिन्न जातका फलफूलका विरुवाहरु रापिएको अभियान नेपालका अध्यक्ष धुवराज घिमिरेले बताए ।
अहिले रोपिएको विरुवाले तत्काल फाइदा नभए पनि दशबर्षपछि विरुवा हुर्केर जंगली पशुपक्षीको आहारा हुने अध्यक्ष घिमिरेले बताए उनले जंगली पशुपंक्षी सहर केन्द्रित हुन थालेमा विभिन्न प्रकारका समस्या उत्पन्न भएकोले जंगललाई वगैचा बनाउने अभियानमा जुटेको बताए ।
वनजंगलमा जंगली जनावरको आहारा सकिदै गएपछि बाँदरहरु धरान पसेर उपद्रो मच्चाउने गरेको अभियानका लागेकाहरुले बताएका छन् । फलफुलको विरुवा रोप्ने अभियानमा सहभागी सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले बताए ।
जगलमा बस्ने बाँदर जगलमा आहारा नपाएपछि बाँदर धमाधम सहर प्रवेश गरेको उनको भनाई थियो ।
उनले अहिले धरानमा बादर सहरकेन्दित बन्दा बादरको आतंकले धरानेहरु आजित बनेको बताए । फलफूलको विरुवा रोपेर संरक्षण गरेको खण्डमा बादर सहर पस्ने क्रम रोकिने उनको भनाई थियो ।
जगलमा बाँदरकौ आहारा केही नभएपछि धरान प्रवेश गरेर घर घरमा गएर पकाएको खाना खाइदिने, विक्री गर्न राखेकौ फलफूल चोरेर खाइदिने लगायतका उप्रदो मच्चाउँदा धरानेहरु आजित बनेको बताए ।
अभियन्ताहरुले जंगलमा आप, कटहर जामुन लगायतका फलफूलका विरुवाहरु रोपेका थिए । मान्छेलाई बाँच्नै अधिकार जति छ, पशुपक्षीलाई पनि त्यतिकै रहेको निष्कर्ष निकालैर विगत ५ बर्ष भन्दा अगाडिदेखि अभियानमै लाग्नु भएका घिमिरेको अभियानलाई विस्तारै विभिन्न संघ सस्थाले समेत साथ दिँदै आएका छन् ।
जंगलभित्र फलफूलको बगैचाको रुप दिन सकेको खण्डमा जंगली जनवारको बाँच्ने अधिकारसँगै मानिसलाई दिने दुःख कष्ट समेत कम भएर जाने निष्कर्ष अभियान नेपालले निकाल्दै जंगलभित्र फलफूलका विरुवा रौप्ने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाएको हो ।