धरान । दशैंमा विशेष गरि भई छोड्नु पर्छ भन्ने मान्यता रहेको छ । जसको अर्थ हो,दशैमा लिङ्गे पिङमा रमाउनु र पिङ खेल्नु । तर अहिले लिङ्गे पिङ हराउँदै गएको छ । गाऊ घर तिर पनि पाइने पिङ   देखिँदैन ।

 दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्नेको प्रतिस्पर्धा नै हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाएका छैनन् ।दशैँका आगमनको शुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाईन्छ । दशैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउँछन् ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमीनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल रहेको छ । वर्षको एक पटक जमीनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलाको जस्तो पिङ खेल्ने दशैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ ।

फोटो क्याप्सनः धरान ६ पानवारीमा लिङ्गे पिङमा रमाउँदै स्थानीय बालवालिका ।