सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठ महापर्व समापन भएको छ । हेर्नुहोस् छठपर्वमा धरानको रौनक । 

Chhatha1 (4)

विशेषगरी मिथिलामा धुमधामका साथ मनाउने यो पर्व विस्तार हुँदै देशका तराई, भित्री मधेस र पहाडी जिल्लाहरुमा पनि विस्तार हुँदै गइरहेको छ । श्रद्धालुहरुको मान्यताअनुसार छठका दिनमा सूर्यको उपासना गर्नाले ‘छठी माई’ प्रसन्न हुन्छिन् । 

Chhatha parva Dharan (2)

छठको पहिलो दिन ‘नहाय खाय’ का रुपमा मनाइन्छ । घर आँगनको सरसफाइ गरेर स्नान गरी शाहकारी भोजन ग्रहण गरी व्रत बस्ने गरिन्छ । 

Chhatha parva Dharan (4)

दोस्रो दिन व्रतालुहरु दिनभर उपवास बस्छन् । साँझमा भोजन गर्छन् । यसलाई ‘खरना’ भनिन्छ । 

Chhatha1 (3)

तेस्रो दिन छठको प्रसाद तयार गरिन्छ । प्रसादको रुपमा ठेकुवा, लड्डु र छठी मातालाई चढाउन फलफूलहरु तयार गरिन्छ । साँझमा बाँसको टोकरीमा अर्घसहित प्रसाद तयारी गरिन्छ र तलाउ, जलाशय र नदी किनारमा सामुहिक रुपमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । 

Chhatha1 (2)

चौथो दिन कार्तिक शुक्ल सप्तमीमा उदाउँदो  सूर्यलाई अर्घ दिइन्छ । व्रतालुहरु षष्ठीका साँझ गएको नदी तलाउमै पुनः जान्छन् । र पछिल्लो साँझजस्तै बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । 

Chhatha1 (1)

छठ व्रत मूलरुपमा महिलाहरुले लिने भए पनि आजभोलि पुरुषहरुले पनि व्रत बस्ने गरेको पाइन्छ । 

8 1

9 1

10