धरान । बैंकको व्याजदर बृद्धिको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरुले माग पूरा नहुन्जेल आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
आन्दोलनकै क्रममा उनीहरुले आइतबारे मुख्य मन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । प्रदेश नं. १ का १४ जिल्लाबाट गएका व्यवसायी तथा उद्योगीहरुले संयुक्त रुपमा व्याजदर घटाउन माग गर्दै एक नं. प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
व्यानर बोकेर ¥यालीसहित मन्त्रालय पुगेका उनीहरुले मुख्य मन्त्री तथा मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले चर्का बैंकको व्याजले व्यवसायी तथा उद्योगी समस्यामा परेको अवगत गराउदै बृद्धि भएको व्याजदर घटाउन माग गरे । उनीहरुले चर्को व्याजदरकै कारण व्यवसायी गर्न नसकेको कारण सडकमा आउनुपरेको अवस्था भएको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराम ढकालले नेपाल राष्ट्र बैंकले बृद्धि गरेको चर्को व्याजका विरुद्धमा व्यवसायी तथा उद्योगीले काम गर्न नसक्ने अवस्थामा आएकोले सडकमा उत्रिएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले चर्को व्याजकै कारण अहिले आधा उद्योगहरु धरासायी बन्दै गएकोेप्रति मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । उनले भने–‘राष्ट्र बैंकले एकैचोटी दोब्बर व्याजदर बढाएको छ, कोरोना कारण विस्थापित हुन लागेका व्यवसायीहरुलाई अझ विस्थापित बनाउन खोजिएको छ, अहिले हामी यसैको विरुद्धमा सडमा उत्रिन बाध्य छौंै, हाम्रो माग पूरा नहुन्जेल चरणवद्ध आन्दोलन गर्छौ, आन्दोलन रोकिदैन ।’
महासंघका केन्द्रीय सदस्य उमेश डालियाले सांकेतिक आन्दोलनको रुपमा सडकमा उत्रिएको बताउदै व्यवसायी र उद्योगीको आन्दोलनलाई राष्ट्र बैंक र सरकारले बुझ्नुपर्ने बताए । उनले ७ प्रतिशत व्याजलाई १४ प्रतिशत पु¥याएर दोब्बर ब्याजदरमा उद्योग चल्न नसक्ने बताए । उनले भने–‘ब्याजदर डबल डिजिटमा बृद्धि भएको छ, व्यवसायी तथा उद्योगी चर्को व्याजरका कारण धान्नै सक्ने अवस्थामा छैनन्, यसतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नै भएको छैन ।’
उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष भीम पौडेलले अर्थतन्त्रमा नीजी क्षेत्रले पु¥याएको योगदान सरकारले भुलेको बताएका छन् । उनले भने–‘अर्थतन्त्रमा निजी क्षेत्रले पु¥याएको योगदानलाई भुलेर राष्ट्र बैंकले हचुवाको भरमा व्याजदर बढाएको छ, यसले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’
कोरोना कहरले थलिएका उद्योगी व्यवसायीलाई सरकारले राहतका प्याकेज ल्याउनुपर्नेमा उल्टै उद्योगी व्यवसायी नै विस्थापित हुने किसिमकले बैंकले चर्को व्याजदर बढाएको भन्दै उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सांकेतिक पमा दबाब दिँदै आन्दोलन गरिरहेका उनीहरुले निर्वाचन सकिए लगत्तै नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा समेत ज्ञापनपत्र बुझाउने र धर्ना गर्ने कार्यक्रमलाई अगाडि सारेका छन् ।