धरान । दुई साता भन्दा बढी समयदेखि कक्षा सञ्चालन नहुदा विद्यार्थीहरु मार्कामा परेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु आन्दोलित बनेका छ्न् ।

गत बुधबार बढुवा रोक्का विषयको माग राख्दै आन्दोलित शिक्षक कल्याण समाजका १ सय ७७ जना शिक्षकहरुले सयुक्त रुपमा राजीनामा दिएपछि प्रतिष्ठानको शैक्षिक गतिविधि ठप्प भएको छ ।

विभिन्न संक्रमणकालीन अवस्थामा समेत शैक्षिक गतिविधि नरोकिएको अवस्थामा अहिले दुई साता भन्दा लामो समयदेखि पठनपाठन नै ठप्प भएको र परीक्षा समेत हुन नसको भन्दै उनीहरुले शान्तिपूर्ण र्‍याली निकाल्दै प्रतिष्ठानका जिम्मेवार पदाधिकारी तथा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

विद्यार्थीहरुको संगठन विद्यार्थी कल्याण समाजको व्यानरमा उनीहरुले ‘विद्यार्थीको हक सुनित गरौ । पढ्ने र पढाउने वातावरण बनाऔं ।’ लेखेको ब्यानर बोकेर बीपीको होस्टेलबाट उपकुलपतिको कार्यकक्षसम्र्म र्‍याली निकालेका थिए ।

 ‘शिक्षा हाम्रो हक हो, बिपि हाम्रो घर हो । हाम्रो पीडा कसले सुन्ने कस्ले बुझने,  जायज मागमा किन ढिलासुस्ती सरकार ?, शिक्षक एकातिर सरकारवाला अर्कोतिर विद्यार्थीको मर्का कस्ले बुझने’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

सो अवसरमा बोल्दै विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले संक्रमणकालीन अवस्थामा समेत शैक्षिक गतिविधि नरोकिएको बताउदै सरकारले शिक्षकहरुको जायज मागलाई सम्बोधन नगर्दा शिक्षकहरुले कामै छोडेर आन्दोलन गरेको र भर्खरमात्र सामुहिक दिएको राजीनामाले विद्यार्थीहरुको भविष्यमाथि समस्या भएको बताए ।

शिक्षकको जायज मागलाई सम्बन्धित पक्षले चाँडो सुनुवाई गर्नुपर्ने उनको भनाई थियो । सात बर्ष भन्दा लामो समयदेखि बढुवाको प्रक्रिया रोकिदा शिक्षकहरु आन्दोलित हुनु स्वभाविक भएको भन्दै प्रतिष्ठानले पदाधिकारीहरुद्वारा माग पूरा गराउन नसकेपछि केन्द्रमै गएर माग पूरा गराउन खोज्दा समेत वेवास्ता गरेपछि शिक्षकहरुले सामुहिक राजीनामा दिएको र त्यसपछि शैक्षिक गतिविधि झन अस्तव्यस्त बनेको बताएका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षकहरुले रोकिएको बढुवा प्रक्रियालाई निरन्तता दिनुपर्ने माग राख्दै शैक्षिक शाखामा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका थिए ।

आन्दोलनको कारण विद्यार्थीहरुको शैक्षिक गतिविधिमात्र हैन परीक्षा नै अवरुद्ध भएको थियो । लामो आन्दोलनपछि प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षकबीच भदौ २४ गते रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्ने सहमति भएको थियो ।

तर सहमति भएको झण्डै एक महिना वितिसक्दा पनि मागको सुनुवाई नभएपछि शिक्षकहरुले असोज १९ गते एक विज्ञप्ती प्रकाशित गदै असोज २२ गतेदेखि काम छोडेर विरोध जनाएका थिए ।

प्रतिष्ठानले आफूहरुमो माग पूरा गर्न नसक्ने देखेपछि शिक्षकहरुले  कुलपति अर्थात प्रधानमन्त्री र सहकुलपति तथा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउदै काठमाण्डौ केन्द्रित आन्दोलनमा समेत सम्बन्धित पक्षले  गम्भीरता नदेखाएपछि गत बुधबार उनीहरुले सामुहिक राजीनामा दिएका थिए । सामुहिक दिएको राजीनामाका कारण शैक्षिक गतिविधिमा मात्र हैन, प्रतिष्ठानको उपचार सेवामा समेत प्रभावित भएको छ ।

विद्यार्थीहरुले शिक्षहरुको आन्दोलनका कारण शैक्षिक गतिविधि नै ठप्प भएको र विद्यार्थीको भविष्य डावाडोल भएको भन्दै प्रतिष्ठानका चारैजना पदाधिकारी, डिन कार्यालयमा असोज २३ गते ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाए पनि शैक्षिक गतिविधि सुचारु हुन नसकेपछि सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि दबाबमूलक ¥याली निकालका हुन् ।