धरान/ कुनै बेलाको व्यापारीक केन्द्रको रुपमा रहेको धरान १३ फुस्रे सुनसान झै थियो ।

कोशी पहाडी क्षेत्रबाट कृषि सामाग्री ल्याएर विक्री गर्ने र नुन तेल किनेर घर फर्किने केन्द्र ठाउँ ठाउँमा सडक निर्माणसँगै सवारी साधन चल्न थालेपछि सुनसान झै बन्यो ।

तर अहिले फेरि यहाँ विभिन्न प्रकारका पार्क निर्माण भएपछि फुस्रेको पुरानो शाख फर्किएको छ, यहाँ रहेको पार्क हेर्न दैनिक हजारौ सर्वसाधारण आउने गरेका छ् ।

धेरै बर्ष धरानको फुस्रे व्यापारिक केन्द्र थियो । यहाँ धनकुटा, तेह्रुथुम, संखुवासभा, ताप्लेजुङ लगायका क्षेत्रबाट ढाकर बोकेर कृषि सामाग्री ल्याउने गर्दथे भने कृषि सामाग्री विक्री गरेपछि पैदलै दुई तीन दिनको बाटो नुन तेल बोकेर फर्कन्थे ।

park-pic

त्यसलाई प्रतिविम्बित गर्दै तीन बर्ष अभिघ २०७७ सालमा उपमहानगरपालिकाले विनियोजन गरेको बजेटबाट १३ नम्बर वडा कार्यालयले फुस्रेको ऐतिहासिकता झल्काउने कलात्मक मूर्तिहरु बनाएर चोकमा स्थापना गरेपछि यसले थोरै भएपनि फुस्रेलाई चलायमान बनाउन सफल भएको छ ।

अहिले फेरि स्वतन्त्रबाट जितेर आउनु भएका मेयर हर्क साम्पाङले फुस्रे छेउमा रहेको सर्दु खोलामा श्रमसंस्कृति पार्क, आरा धरान तथा रोज गार्डेन निर्माण गरेसँगै आन्तरिक तथा वाहय पर्यटक दृश्यावलोकनका लागि आउन थालेका छन् ।

पछिल्लो समय स्वतन्त्र दिदी वहिनी समूहले आफ्नै लगानीमा ‘रोज गार्डेन’ निर्माण गरिदिएपछि हेर्न आउनेको घुइँचो अत्याधिक बढ्न थालेको छ । अहिले त्यो गार्डेनको नाम ‘एसडिवी रोज गार्डेन’ राखिएको छ ।

खोल्साखोल्सी हेर्दै उराठलाग्दो ठाउँ लोभलाग्दो भएपछि अहिले पर्यटक तान्ने आकर्षक केन्द्र बनेको छ ।

पहिला आउँदा बगरै बगर भएको ठाउँ अहिले स्वतन्त्र मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्कको नाममा आरा धरान, स्वतन्त्र दिदीबहिनी रोज गार्डेन निर्माण भएपछि हेर्न लायक र घुम्न आउनै पर्ने ठाउँ भएको इटहरी २० बाट पार्क घुम्न आएका खिलानाथ वन बताउँन् ।

झाडी खोल्सी क्षेत्र पर्यटकीय स्थलको रुपमा रहेको सर्दु खोला अहिले पार्कको अवधारणामा विभिन्न प्रकारका आकर्षक स्थल बनेको र यसले धरानको पर्यटन प्रैवद्र्धनमा ठूलो सहयोग पुग्ने इटहरी १० का एलिन राई बताउँछन् ।

आरा धरानले धरान एतिहासिकतालाई चिनारी दिएको छ ।

दुई जना व्यक्तिले काठ चिर्दै गरेको दृश्य कलाकार रोजन राईको अवधारणा अनुरुप बनेको हो । यस्तै रोजगार्डेनमा समेत दुई जना आदिवासी चेली ढाकर बोकेर तक्मा (लट्ठी) समाएर बसेको शालिक, छेउमा श्रम संस्कृतिको पहिचान झल्कने खालको ठूलो ढुंगा र त्यसको तल पानीको फोहोराले यसलाई यो क्षेत्रलाई अझ आकर्षित गरेको छ ।

मेयर साम्पाङको यो अवधारणाले पर्यटकीय स्थलसँगै आर्थिक चलायमान गर्न पनि मद्धत पुग्ने सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधान बताउछन् ।

ओसो पार्क, वीपी पार्कसँगै अहिले स्वतन्त्र मेयर साम्पाङले श्रमसंस्कृति पार्कको अवधारणासँगै यसभित्र धेरै पार्क निर्माण भएकोले घुम्न आउने पर्यटकले आथिक चलायमान हुने र धेरैले रोजगार समेत पाउने उनको भनाई छ ।

उनले धरानका यस्ता क्षेत्रको पहिचान गरी अन्य ठाउँमा समेत पार्क यस्तै पार्क निर्माण गर्न सके धरानको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए ।

यो सबै श्रमदानबाट निर्माण भएको हो । आरा धरान निर्माणका परिकल्पना कारका रुपमा स्थानीयर राम राई रहनु भएको छ ।

आरा धरान निर्माणका लागि  लाख ८४ रुपैयाँ लागत लागेको बताइएको छ । सरकारको लगानी बिना नै  ५९ औँ दिनमा गार्डेन तयार गरेर नगरलाई हस्तान्तरण गरिएको स्वतन्त्र दिदी बहिनी समूहकी कोषाध्यक्ष विष्णु लिम्बुले बताइन् ।

उनका अनुसार गार्डेन निर्माण गर्न देश विदेशबाट दाताहरूले २६ लाख ३० हजार रुपैयाँ बराबरको सहयोग गरेका थिए भने स्वतन्त्र दिदीबहिनीहरूले प्रतिमा बनाउन ४ लाख ४५ हजार संलन गरेका थिए । 

गार्डेन निर्माणको क्रममा कुल ३१ लाख १९ हजार संकलन भएको कोषाध्यक्ष लिम्बुले जानकारी दिइन् । यहा रहेको आरा धरान, एसडिवी रोज गार्डेन, श्रम संस्कृति पार्कले गुमेको शाख फर्काउने काममात्रै गरेको छैन धरानको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुगेको महसुस सबैलाई भएको छ ।