धरान/  बाँदरकै कारण धरानमा फलफूल व्यवसाय सञ्चालन गर्नेहरु निर्धक्कसँग व्यापार गर्न पाउँदैनन् ।

धरान ३ पालिका बजारमा हुलका हुल आएका बाँदरले पालिका तरकारी बजारभित्र सञ्चालन गरिएका फलफूल पसलमा पसेर फलफूल झिकेर लगिदिने, पोखिदिने, गरेसँगै हैरानी व्यहोर्नु परेको पसल सञ्चालन गर्नेहरु बताउँछन् ।

फलफूल पसलमा मात्र हैन त्यहाँ आसपासमा भएका घरधनीहरुलाई समेत बाँदरले हैरानी दिने गरेको छ ।

वास्तवमै भन्ने हो भने बाँदरको समस्या धरानेहरुका लागि टाउको दुखाइको विषय बनेको छ । बादरकै कारण  सर्वसाधारण हैरानी  हुने गरेका छन् । समधानका लागि विगदेखि नै प्रयास गरे पनि प्रयार निरर्थक भएको छ ।

 विशेष गरी बजार एरियामा बाँदरले बढी हैरान बनाउने गरेको छ । धरान १४ विजयपुरको नजिकै रहेको जंगलबाट भोक मार्न बजार झरेका यस्ता बाँदरहरु उग्र हुने गरेका छन्  ।

उग्र भएकै कारण सर्वसाधारणको पकाएको भात खाइदिने, फलफूल चोरेर वाक्कदिक्क बनाइदिने, विक्रीका लागि राखेको कपडाहरु फ्यालिदिने, च्यातिदिने दिने गरेको समस्या भोग्नेहरुले बताउने गरेका छन् ।

हुन यो समस्या अहिलेको भने होइन । बर्षौदेखिएको हो । केही सिप नलागेर अहिले सर्वसाधारण बाँदर धपाउन चौवीसैे  घण्टा हातमा लौरो बोकेर बस्ने गरेका छन् । 

धरान २ सिंहदेवी छेउका गोविन्द अग्रवालले हुलका हुल बाँदर आएर घरभित्र पस्ने, सबै कुरा नस्ट गर्ने गरेको बताए । उनले खेदाउन खोज्दा उल्टै झम्टिने गरेको समेत बताए ।

उनले भने–‘घरभित्र पसेर सामान नष्ट मात्र गर्दैन विजुलीको तार हल्लाउने, झुण्ड्याएका लुगा च्यात्ने फाल्ने गरेर हैरान नै बनाउने गर्छ ।’

बाँदरले हैरान पार्न थालेपछि अहिले सर्वसाधारण लौरो बोकेरै ड्युटी बस्नु परेको छ ।

ग्रामीण भेगमा खेती नष्ट गर्दा सर्वसाधारण लौरो बोकेर धपाउने गर्दथे तर सहरी क्षेत्रमा भने खेति बचाउन नभई भएका सामान नष्ट गरिदिने, मान्छेलाई टोक्न गरेकाले लठ्ठी बोकेर बस्नु परेको एक पसलका कर्मचारीसुरज चौलागाइ बताउँछन् ।

  उनी भन्छन्–‘लठ्ठी बोकेर बसेन भने त बाँदरले क्षति पु¥याइहाल्छ । एक छिन पनि लठ्ठी छोड्नु हुदैन ।’

बादरका कारण डराएर बस्नुपरेको धरान २ का सुमित अग्रवाल बताउनुहुन्छ ।

भएका सामान फाल्नेमात्र हैन बाँदर धपाउन खोजे मान्छेमाथि नै आक्रमण गर्ने गरेको बताए । उनले भने–‘बादरले बस्न खान दिएन, सामान त नष्ट गर्छ नै आक्रमण गर्ने डर उत्तिकै छ ।’

विगतमा जंगल छेउछाउमात्र दुःख दिने बाँदर अहिले व्यवस्त बजारमा छिरेर उपद्रो् मच्चाउने गरेका छन् ।

बादर व्यवस्थापनका लागि धरान ३ का सकुल श्रेष्ठ श्रेष्ठको संयोजकत्वमा २०७० सालमा बाँदर पीडित संघर्ष समिति समेत गठन गरेको थियो ।

धरानको बादर व्यवस्थापनका लागि यो समितिले तीनै तहका सरकारलाई ज्ञापनपत्र समेत बुझायो । धरानको बाँदरका विषयमा तत्कालीन सांसद सावित्री श्रेष्ठले संसदमै यो कुरा उठाएकी  थिइन् । तर पनि बादरले पु¥याउने भौतिक तथा मानवीय क्षति कम हुन सकेको छैन ।

बादर  पीडित संघर्ष समितिका संयोजक श्रेष्ठले बाँदर व्यवस्थापनका लागि तीन तहकै सरकारसँग गुहार माग्दा पनि पार नलागेको बताए । उनले भने–‘समस्या समाधान गर्न धेरै प्रयास गरियो, समाधानमा कसैले चासो दिएन ।’