धरान/   धरान ६ पानबारीमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ ।

चैत २ गते सम्म लाग्ने महोत्सवको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्नु भएको छ ।

सभामुख विष्टले आफ्नो पहिचानको लागि र स्थानीय उत्पादन विक्रि एंव प्रचारका लागि गरिएको काम सहराहणीय भएको बताउनु भयो । उहाँले पानवारीको विकासका लागि आफुले सकेको सहयोग गर्ने बचन दिनु भयो ।

समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए ।

पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भनिने, बताए ।

विशिष्ठ अतिथि कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले पानवारीको इतिहास अवगत गराउनु भएको थियो ।

पानवारीको इतिहास कृषीसँग जोडिए पनि सरकारको भूउपयोग नीति कृषीलाई भन्दा आवासिय क्षेत्रलाई प्राथमिकता दिएकाले पानवारीले पनि आवसिय क्षेत्र छनौट गरेको बताउनु भयो ।

सहरीकरणले यहाँका लोकप्रिय कृषी उत्पादन उखु, धानलगायतका बाली ओझेलमा परेको उहाँले बताउनु भयो ।

कार्यक्रममा पूर्व सभामुख प्रदिपकुमार भण्डारी, उपमेयर आइन्दैविक्रम बेघा,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुकेश, वडाअध्यक्ष भुपेन्द्र भट्टराईलगायतले शुभकामन दिनुभएको थियो ।

महोत्सवमा रस्सी तान, रोटेपिङ, नाउ र ड्रागन, सहित स्थानीय स्तरमा उत्पादन कृषि सामाग्रीको सहुलियत बजार ,

 कविता तथा नृत्य प्रतियोगिता, झाकी प्रदर्शनी सांस्कृति निःशुल्क स्वास्थ्य शिविर थप अन्य आकर्षण कार्यक्रमहरु हुने क्लवका अध्यक्ष एसपजंग रुम्दालीले जानकारी दिनु भएको छ ।

साँझ  स्थानीय तथा रास्ट्रीय स्तरका कलाकारको प्रस्तुती रहनेछ, आज चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

 प्रदेश स्तरीय छैटौ पानबारी भलिवल कप पनि शुरु 

प्रदेश स्तरिय भलिबल कपमा सयपत्री बोइज यूनियन क्लब पानवारी,

धरान उपमहानगरपालिका धरान,बेलबारी नगरपालिका बेलबारी मोरङ,सतिसाले स्पोटीड मोरङ,प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ ,

प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा,एमएमसी धरान,बाझगरा भलिबल क्लब धरान गरि जम्मा ८ वटा क्लब रहेका छ्न । महोत्सवमा पानबारीको पहिचान झल्काउने पानको स्टल पनि राखिएको छ ।

किंबदन्ती अनुसार माथिल्लो पहाडी क्षेत्रको राजारानी भन्ने ठाउँमा दरबार थियो । तलको  भुभाग ९हालको पानबारी०मा पानको खेती हुने र त्यहाँको पान राजालाई औधी मन पथ्र्यो । 

पानको खेती भएको उक्त क्षेत्रलाई नै पानबारी भनिएको किंबदन्ती छ ।

 कृषियोग्य जमिन भएको पानबारीमा अहिले भने पानको खेती हुन छोडेको छ । विकास र सहरीकरणको चपेटामा परेको पानबारीकोको पानमारा ब्राण्डको मन्सुली चामल देशभर प्रख्यात छ ।

महोत्सवमा पानको स्टलसँगै उखु, चामल, गुन्द्रक, किनिमालगायत स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल पनि राखिएको छ ।