धरानका सरोज श्रेष्ठ परिचित नाम हो । सुनसरी उद्योग बाणिज्य संघको सफल नेतृत्व गरेका श्रेष्ठको अर्को परिचय यातायात व्यवसायीको लागि नेतृत्व गर्ने अभिभावक समेत हुन् । उनी हाल नेपाल यातायात राष्ट्रिय महासंघ,कोशी प्रदेशको संयोजक समेत छन् ।

सरल स्वाभाव,चिन्तनशील बिचार र लगनशीलता नै श्रेष्ठको प्रधान विशेषता हो । धरानको बिकास,शुशासन,समृद्धि र सभ्य समाज बनाउनको लागि चिन्तनशील भएर कुनै न कुनै माध्यमबाट क्रियाशील रहि नै रहन्छन् ।

उनी सरकारको नेतृत्व र सरोकारवाला निकाय सम्म पुगेर जनताको सवाल,मुद्धा र समस्या बोकेर ध्यानाकर्षण गराउँछन । दबाब दिन्छन् । जसले गर्दा सम्बन्धित निकायले पनि श्रेष्ठले बोकेर गएको विषयमा गंम्भीर भएर हेर्ने पनि गरेको छ ।

त्यतिमात्रै होइन ,उनी सामाजिक संजाल मार्फत पनि आम नागरिकलाई सुसुचित गराउँछन् । धरानको विषयमा चिन्ता जाहेर गर्छन् । उनै श्रेष्ठसँग  धरान लाइभले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

* धरान टापु बन्दैछ,धनकुटाको हालतमा जाँदैछ ?

अहिले धरानको भाग्य र भविष्य कता जाने हो हामी धरानबासीलाई नै थाहा छैन । किनकी अन्य शहरको तुलनामा धरानमा के भइरहेको छ भन्ने कुरा हामी आफुले नै महसुस गर्नु पर्ने दिन आएको छ ।

बिस्तारै धरान धनकुटाको हालतमा पुग्लाकी भन्ने ठुलो चिन्ताको विषय बन्न थालेको छ  ।धरान हाँक्ने जो नेतृत्व रहेका छन्,दीर्घकालिन सोँच भिजन र योजना बनाएर अघि नबढेको खण्डमा जसरी कुनै समय पुर्बको राजधानी भनेर चिनिएको थियो तर अहिले धनकुटा त्यहीँ धनकुटामा मात्रै सीमित भएको छ ।

हामी धरानबासीले अब कहिल्यै आफ्नो गन्तव्यलाई आधुनिक धरानको परिकल्पना सहित अघि बढ्ने हो ,यो सवाल बेलैमा सोच्ने बेला आएको छ । हामी भन्दा पछिका सहरहरु आधुनिकता तर्फ निकै अग्रसर भइसके तर हाम्रो धरान भने दिनानु दिन खस्कँदो अवस्थामा पुगेको छ ।

यहाँको व्यापार व्यवसायहरु धरासायी बनेर ठुला व्यापारीहरु प्रायःले धरानको छोडिसकेको अवस्था छ भने साना साना व्यापारीहरु पनि भाडा तिर्न नसकेर सटर बन्द गर्दै हिड्न थालेको छ ।

व्यापारीहरुले त बिकल्पमा अन्य सहर खोज्लान्,अरु नै स्थानामा गएर व्यापार व्यवसाय सञ्चालन गर्लान तर धरान भने हरेक हिसाबले पछि पर्दैछ ।

इतिहाँसमा पुर्बकै व्यापारिक केन्द्रको रुपमा स्थापित धरानले आफ्नो साखलाई फर्काउनको लागि अव धरानले सोही अनुसार योजना बनाएर अघि बढ्नु पर्दछ ।

* धरान लेउती सुरुङमार्ग धरानको संजीवनी ?

बास्तबमा नै धरानको भाग्य र भविष्यलाई तीब्र गतिमा अघि बढाउनको लागि सुरुङमार्ग बन्नु पर्दछ ।

धरान लेउती सुरुङ मार्ग बनाउनको लागि सुनसरी उद्योग बाणिज्य संघको नेतृत्वमा रहँदा तत्कालिन मुख्यमन्त्री शेरधन राई रहेका बेला हामीले तमोर सुरुङमार्गको विषयलाई उठायौं ।

सुनसरी उद्योग वाणिज्य संघमा रहँदा हामी भारतको कास्मिर भ्रमण गएर त्यहाँको अध्ययन गर्ने क्रममा धरानमा पनि यो अवधारणा अनुसार काम भयो भने हामी अघि बढ्न सक्छौ भनेर सरकारको नेतृत्वमा रहेकालाई घच्घचाउन थालेका थियौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भएका बेला यो विषयलाई सरकारले संबोधन गर्यो ।

२०७७/०७८ को संघीय बजेटमा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले धरान धनकुटा सडक खण्डको धरान लेउती र पाल्पाको सिद्धबाबा सुरुङ मार्ग बनाउनको लागि बजेट मार्फत सम्बोधन गरिएको थियो ।

पाल्पाको सिद्धबाबा सुरुङ मार्ग भने गत सालदेखि निर्माण सुरु भई सकेको छ । तर हाम्रो भने अहिले सम्म त्यहीं भखरै मात्रै डिपीआर मात्रै भएको छ । हामी पछि पर्यौं ।

* सुरुङमार्ग संजिबनी कसरी बन्छ ?

निश्चय पनि कुनै पनि शहरको सार्थकता, आर्थिक अभिबृद्धि सडक सञ्जालले नै गर्दछ । सडक संजालले गर्दा आज इटहरी सहरको नमुना हामी हेर्न सक्छौं ।

प्रदेशकै केन्द्र बिन्दुको रुपमा विकसित हुँदै गइरहेको छ । धरान लेउती बन्यो भने सुरुङमार्ग हुँदै धरान आउनको लागि ५ मीनेट मात्रै लाग्छ । धरान आउनेहरु जति छिटो र चाँडो आउने मार्ग नै हेर्छन र आउँछन् ।

आन्तरिक तथा बाह्य पयर्टक बढाउँछ । तत्कालिन प्रधामन्त्री केपी शर्मा ओलीकै पालामा १५ बर्षअघि ल्याएको राष्ट्रिय योजना चीनसँग जोडिएको १४ वटा नाकाहरु खुलाउन पुर्वी पहाडी जिल्लामा सुरु भइसकेको छ ।

ताप्लेजुङको ओलङचुङगोला नाकाको लागि गोरेटो बाटो खोल्ने क्रम सुरु भइसकेको छ । त्यो काम यो वर्ष भित्र सकिँदैछ ।

तमोर करिडोर हुँदै ताप्लेजुङ पुग्नको लागि सजिलो र छिटो पनि हुन्छ । १२५ किमीमा ताप्लेजुङ पुग्न सकिन्छ । यसले गर्दा उक्त करिडोर क्रमसः बन्दै गएर चतरा ढोकिन्छ र राष्ट्रिय राजमार्गको मदन भण्डारी राजमार्गमा गएर अब धरान आउनेहरु चतरा हुँदै जानेछ ।

छोटो हुने भएकाले पनि तमोर करिडोर हुँदै धरानलाई बाइपास गरेर चतरा हुँदै इटहरी पुग्ने देखिन्छ । चीनको किमाथांका नाका सहित अन्य १४ वटा नाकाहरु खोलिँदै जाँदा धरान विस्तारै टापुमा परिणत हुँदैछ ।

यस्को चिन्ता कस्लाई छ रु त्यसैले यहीँ सुरुङमार्ग नै धरानको लागि आवस्यक हो । यदि धरान सुरुङमार्ग हुँदै ५ मीनेटमा आइन्छ भने अरु विकल्प खोजिदैन ।

जो काहीलाई छिटो र छरितो रुपमा आउनु जानु पर्छ । धरानको शाख फर्काउन यो अति आवस्यक छ । यस्ले धरानको पर्यटनको विकास हुन्छ । सडक सन्जालको कारण औद्योगिक, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्र चलायमान हुन्छ ।

* सुरुङमार्ग मार्फत खानेपानी ?

हो,वास्तबमै अहिले धरानको मुख्य समस्या भनेको खानेपानीको रहेको छ । यस्को दीर्घकालिन समस्या समाधान हामीले खोज्नु पर्दछ । किन की अहिले जुन चर्चाको विषय बनेको छ, ६ अर्बको कोशी खानेपानी आयोजना भनेर ,त्यो गर्नु भन्दा त्यहीँ सुरुङ मार्गमा पाइप बिछ्याएर ल्याउँदा दुबै काम बन्छ ।

खानेपानीको दीर्घकालिन समस्या समाधान हुन्छ । हामीले दीर्घकालिन समस्या समाधान खोज्ने होनी । त्यस तर्फ सवै नेतृत्व बर्गले सोँचौ ।

* स्थानीय सरकारले बुझ्न सकेन ?

सुरुङ मार्ग धरानको संजीबनी भनिरहँदा स्थानीय सरकारले यो विषयलाई बुझ्न सकिरहेका छैन । नेतृत्वमा रहेकाले सर्दु जलाधारको सवाललाई लिएर योजना असफल बनाउने तर्फ उन्मुख भएको देखिन्छ ।

जलधार सक्छ भन्ने तर्क रहेको छ,त्यो तर्क नै सही होइन् । सुरुङ मार्ग बनाउँदा जलधार क्षेत्रको मुहान सुक्दैन । उक्त सुरुङमार्ग बनाउँदा सिमेण्ट ढलाई गरेर बनाउने भएकाले पनि त्यहाँ रहेका बोट,विरुवा अनि संरचनामा केही असर गर्दैन ।

नेतृत्वले नेपालको अन्य स्थानमा गएर हेर्दा र अध्ययन गर्दा हुन्छ की त्यहाँको भौगोलिक संरचना, प्राकृतिक संरचनाहरुमा कुनै असर गरेको छैन ।