धरान/  प्रत्येक बर्ष नेपाल सरकारले असार १५ लाई धान दिवको रुपमा मनाउने गरेको छ ।

कृषि प्रधान देश नेपालमा बर्षैनी धान दिवस मनाइरहदा खेतियोग्य जमिन भनै मासिदै घडेरीमा परिणत बन्दै गएको अवस्था छ । कृषि क्षेत्रमा राज्यले लिएको नीति नै स्पष्ट नभएका कारण बर्षेनी मनाउदै आएको धान दिवसले सार्थकता पाउनुको साटो महत्व घट्दै गएको छ ।

सहरीकरणसँगै खेतियोग्य जमिन मासिदै जाँदा अहिलेका पुस्तालाई धान कसरी रोपिन्छ, धानको विउ कस्तो हुन्छ भन्ने सम्म ज्ञान छैन ।

आज २१ औं राष्ट्रिय धान दिवस । धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ वडालाई केन्द्रित गरेर धान दिवसको अवसरमा धरान ५ मा विशेष कार्यक्रमको आयोजन गरिएको छ ।

सहभागी कृषि सहकारी संस्था लि.ले प्रत्येक  बर्ष यही दिन आयोजना गर्दै आएको कार्यक्रम अन्तर्गत आज भएको कार्यक्रममा कृषक, विद्यालयका विद्यार्थी, कृषि सम्बन्धी काम गर्ने संघ संस्था, प्रदेश सरकारका साँंसद, विभिन्न पार्टीका स्थानीय नेता लगायतको सहभागितामा र्यालीको आयोजना गर्दै बेढी बाजामा नाच्दै धानको विउ समेत रोपिएको थियो ।

प्रत्येक बर्ष दिवस मनाइदा बर्षैनी खेतियोग्य जमिन भने घटदै गएको कार्यक्रममा सहभागी का्ेशी प्रदेश सांसद रमेश बस्नेतले बताउनुभयो ।

नेपाल सरकारको भूमि सम्बन्धी नीति कृषिलाई प्रवद्र्धन गर्नै खालको नहुदा बर्षैनी खेतियोग्य जमिन घट्दै गएको उहाँको भनाई छ ।

उहाँले प्रद्रेश सांसद बैठकमा कृषिको प्रवद्र्धन खालका कार्यक्रम अगाडि ल्याउन आफूहरुले घच्घच्याउदै आए पनि यसमा खासै सुधार हुन नसकेको तीतो यथार्थ बताउनुभयो ।

बाजागाजासहित बेठी बजाउँदै नाच्दै धुमधामसँग आयोजना गरिएको सो कार्यक्रम भने आयोजकले यो सँगै १० औै पटक आयोजना गरिसकेको छ ।

संस्थाकी अध्यक्ष झुमा राईले खेतियोग्य जमिनको जमिनको संरक्षणसँगै नयाँ पुस्ताले अन्नको राजा धानका विषयमा जानकारी गराउन पनि प्रत्येक बर्ष धान दिवसका दिन सबैलाई समेटेर कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । 

यता सहभागी विद्यार्थीहरुले समेत रमाइलो महसुस भएको र धान रोप्ने तरिकाका विषयमा आफूलाई सिक्ने मौका मिलेको बताएका थिए ।

बर्षेनी धान दिवस मनाइरहदा दिवसको सार्थकताका विषयमा दिवसको आयोजना गर्ने र असार १५लाई धान दिवसको रुपमा मनाउन सार्वजनिक विदा दिने नेपाल सरकार अनविज्ञ झै देखिन्छ । स्थानीय सरकार धरान उपमहानगरपालिकाको वडा नं.४, ५ र ६ अर्थात साविककौ पाँचकन्या गाविसलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति अगाडि सारेको थियो ।

तर त्यसलै सार्थकता पाउन सकेको छैन । सरकारको भूमिसम्बन्धी गलत नीतिका कारण साविकको पाँचकन्या सहरीकरणतर्फ उन्मुख भएको छ ।

विगत सो स्थानमा ८ सय हेक्टरमा धान खेतिसहित अन्य नगदे बाली हुने गरे पनि अहिले मुस्किलले २ सय हेक्टरमा खेति हुने गरेको छ । बर्षैनी खेतियोग्य जमिन घटदै जाने क्रम जारी छ, अहिले कृषि प्रधान देश नेपालमा बर्षैनी पौनै ६ लाख भन्दा बढ मैट्रिक टन धान भारतबाट ल्याउनुपर्ने अवस्था छ ,.।

यसतर्फ सरकारले बेलैमा ध्यान नदिए कृषिप्रधान देश नेपालमै भोकभरीले खान नपाउने दिन नआउला भन्न सकिन्न ।