धरान/ नेपालमा ड्रागन खेतीको भविष्य भए पनि सरकारी स्तरबाट राम्रो सपोर्ट नहुँदा भने सोचेजस्तो उत्पादन गर्न नसकेको कृषकहरु बताउँछन् ।

उनीहरुले मल, विउ तथा अनुदानको  व्यवस्थासँगै प्राविधिक ज्ञान नहुँदा इन्टरनेटबाट हेरेरै भएपनि उत्पादन गर्नुपर्ने बाध्यता रहेको बताउने गरेका छन् ।

प्राविधिक ज्ञान नभए पनि आफ्नै बलबुतोले आम्दानी भने मनग्गे भएको धरान ५ ठिंगाबारीका कृषक देवी लिम्बु बताउछन् । उनले गत बर्षको भन्दा यस बर्ष यस बर्ढा उत्पादन भएको बताए ।

उनले विक्री मूल्यमा परिवर्तन भइराख्दा पनि बार्षिक रुपमा १४ देखि १५ लाख रुपैयासम्म आम्दानी हुने बताए ।

उनले गत बर्षसम्म प्रतिकेजी ५ सय रुपैयासम्म विक्री गरेको ड्रागन फल यस बर्ष ३ सय ५०मा विक्री गर्नुपर्ने बाध्यता रहेको बताए । ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ ।

यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ ।

सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ ।अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ ।

तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक कृषक देवी लिम्बु बताउछन् ।

विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएको उनको भनाई छ ।

धरान ५ ठिंगाबारीमा उनीसँगै उनका  दाज सूर्य लिम्बुले संयुक्त रुपमा खेति गर्दै आउनु आएका छन् ।

नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले पशुपालनसँगै ड्रागन खेती समेत सुरु गरेका हुन् ।

लिम्बुका अनुसार अरु फल सिजनमा एक लट फल्ने भएपनि यो फल ९ देखि १० लटसम्म उत्पादन हुने गर्दछ । तर प्राविधिक ज्ञान नहुदा इन्टरनेटमा हेरेरै उब्जनी गर्दा सोचेजस्तो उत्पादन लिम्बु बताउँछन् ।

उनले उत्पादनका क्रममा फलमा लाग्ने र अन्य प्राविधिक समस्या हुदाय समस्याका विषयमा जानकारी नहुने बताए । 

यो फल चैत्र अन्तिमदेखि कोपिला लाग्न शुरु हुन्छ । वैसाखदेखि फूल फुल्ने प्रक्रिया सुरु हुन्छ । कार्तिकसम्म फूलफुल्ने समय भएपनि फूल फुलिसकेपछि ४५ दिनपछि यसको फल लाग्ने अर्का किसान देवी लिम्बु बताउँछन् ।

फुल्ने, फल्ने प्रक्रिया ६ महिनासम्म निरन्तर हुने भएकोले यसबाट धेरै फाइदा लिन सकिने उनको भनाई छ ।

आफ्नै बलबुतोले सञ्चालनमा ल्याएको यो खेतिलाई राज्यका तर्फबाट अनुदानसँगै प्राविधिक ज्ञान समेत दिएको खण्डमा कृषकहरु अन्य खेति छोडेर ड्रागन खेतिमै आकर्षित हुने दाबी गर्छन् ।