धरान/ लिच्छिवीकालीन राजाको समयदेखि चल्दै आएको नेवारी संंस्कृति लोप हुने अवस्थमा पुगेपछि नेवार समुदायले यस्ता सँस्कृतिलाई पुस्तान्तरण गर्ने अभियानलाई अगाडि बढाएका छन् ।

नेवा: साँस्कृतिक उत्थान मञ्चले नेवारी सँस्कृतिमा प्रयोग हुने धिमे बाजा, कलशोभा नृत्य तथा बासुरी बाध्यवाधन र दाफा भजन पोराणिक चर्या नृत्य जस्ता नेवारीहरुको साँस्कृतिक परम्परागत सँस्कृतिलाई जोगाउनका लागि युवा पुस्ता लक्षित ६० दिने प्रशिक्षण धरानमा शुरु गरेको हो ।

पछिल्लो समयमा तीन तहका सरकारले सबै जातजातिको भाष, सँस्कृति र पहिचानका लागि आर्थिक सहयोगसँगै संरक्षण अभियानलाई सहयोग पु¥याउँदै आएको  छ ।

नेवारी समुदायको पुरानो लोकसँस्कृति, विभिन्न चाँडपर्वमा बजाइने बाजा लिच्छिवी कालीन राजाको समयबाट शुरुवात भए पनि अहिले लोप हुने खतरा बढेपछि यसलाई बचाउन नेवारीहरुको संस्था नेवा: साँस्कृतिक मञ्चले अभियान चलाएपछि धरान उपमहानगरपालिकाको संयोजनमा वन तथा पर्यटन विकास मन्त्रालयको सहकार्य तथा समन्यसँगै सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट ६० दिने प्रशिक्षण शुरु गरिएको हो ।

झिँगु समाज धरान ३ को सभाहलमा शुरु भएको सो तालिममा प्रशिक्षणको भूमिका रहनु भएका अग्रज छत्र कुमार शाक्यले नेवारी समुदायको पुख्यौली संस्कृति, पुख्यौली बाजा जो चाडपर्व तथा विभिन्न साँस्कृतिक कार्यक्रममा प्रयोग गरिने गरिन्छ यस्ता वाजाहरु लोप हुन नदिन पुस्ता हस्तान्तरणका लागि तालिमको आयोजना गरिएको बताए ।

वास्तवमै कुनै पनि जातिको पहिचान भनेकै त्यो जातिको भाषा, सँस्कृति नै हो । लिच्छिवीकालीन राजाको पालादेखि चलिआएको नेवारी संस्कृतिलाई निरन्तता दिनका लागि आफूहरु हरसम्भव प्रयासरत रहेको नेवारी समुदायका अर्का साँस्कृतिक अभियन्ता एवम् नेवाःसाँस्कृतिक उत्थान मञ्चका सस्थापक अध्यक्ष नविन किशोर तमोटले जानकारी दिए ।

उनले अहिले धरानमा दाफा भजन गर्ने ८ देखि ९ जना, खे बजाउने १ जना, हारमोनियम बजाउने दुईजना रहेका छन् ।

भैपरि आएर विरामी पर्दा यी बाजा बजाउने नै कोही नहुने भएपछि संंख्या थप्नकालागि दिएको तालिम प्रभावकारी हुने बताए ।

त्यसो त नेवारी समुदायका युवाहरु समेत नेवारी सँस्कृतिका अभियन्तालाई पछ्याउने प्रयास गरिरहेका छ्न् । भोजपुरको टक्सार यस्ता साँस्कृतिक बाजागाजाको उद्गम क्षेत्र मानिएको हुनाले युवा पुस्ताले त्यहाँसम्म पुगेर प्रशिक्षण लिएको बताएका छन् ।

यता कोशी प्रदेशकी सांसद यसोदा कायस्थले नेवाः साँस्कृतिक उत्थान मञ्चले आफ्नो भाषा, सँस्कृति, बाजागाजा बजाउन सिकाउने लगायतका तालिमहरु दिएर उदाहरणीय काम गरेको प्रति धन्यवाद दिइन् । उनले सबै जातजातिका भाषा, सँस्कृतिका लागि सरकारले समेत संरक्षणको नीति लिएकोले कोशी प्रदेश सरकारले समेत भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।