धरान / कालो सुन भनेर चिनिएको अलैचीको खेती हुने जिल्लामध्ये धनकुटा पनि पर्दछ । एक समयमा अलैँचीको धेरै नै उत्पादन हुने धनकुटामा केही  समय अगाडि रोग कीराका कारण अलैचीको बगान मासिदा धेरै नै उत्पादन घट्न पुग्यो । गत वर्षबाट भने पुन ः अलैचीको उत्पादन बढ्न थालेको छ ।

धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. २ का स्थानीय कृषक देबीबहादुर अधिकारीले अलैची खेती गरेको करिब तीन दशक बितेको छ । तीन दशकको दौरानमा अधिकारीले धेरै उतारचढाव भोगे । बार्षिक ४५ मनसम्म अलैँची उत्पादन गर्दै आएका अधिकारीको बगैँचा विभिन्न रोगकीराको प्रकोपका कारण एकाएक मासियो । तर अहिले पुन ः नया बगान लगाएर अहिले बार्षिक १५ मन उत्पादन गर्न थालेका छन् ।

अधिकारी भन्छन्–‘पहिला त मैले ३८/४० मन बेच्थे, रोगकीराका कारण सबै बगान नै मासियो, अहिले सुधार भएपछि १२ देखि १५ मन उत्पादन हुन्छ ।’ उनले उत्पादन गर्दा धेरै नै मेहनत हुने बताए । उनले भने–‘अलैँची उत्पादन गर्न धेरै गाह«ो छ, गोडमेल गर्ने, घास हटाउने, समय समयमा मलमुत्र लगाउने काम गरेको छु, तर प्राविधिक ज्ञान मलाई त्यति थाहा छैन, यत्तिकै भरमा सुधार भएको छ ।’

अलैँचीमा गाँनो कुहिने, पात पहेलिने, गुबो सुक्ने, छिर्केफुर्के आदि रोगका कारण धेरै बगान मासिएको कृषकहरु बताउँछन् । रोगको प्रकोप त अहिले पनि उस्तै भएको बताउदै उनीहरुले तर पुरानो बगान मासेर नयाँ बगान लगाउँदा भने यो समस्या कम हुँदै गएको कृषकहरु बताउँछन् । अधिकारी भन्छन्–‘पुरानो बगान मासेर नयाँ बगान लगाएपछि उत्पादन बढेको छ, पहिला अलैची खेती छोड्नेहरुले पनि खेती गर्न थालेका छन् ।’

धनकुटा नगरपालिका २ सान्नेका अलैची कृषक बलबहादुर अधिकारीको भनाई पनि देबीबहादुरको जस्तै छ । उनले भने–‘अलैचीमा धेरै समस्या छ, पहिलो पात भएर जाने, गानो कुहिने समस्या,अलैचीको फल दिने डण्ठी फुटेर जाने, यसले गर्दा गुणस्तरीय फल नदिने समस्या धेरै नै छ ।’

उनले १५/१६ वषर्् अगाडि जुन हिसाबले जुन हिसाबले गुणस्तरीय अलैची फल्थ्यो त्यसको तुलनामा अहिले पनि त्यतिबेलाको जस्तो गुणस्तरीय अलैची उत्पादन गर्न नसकेको उनी बताउँछन् । उनले भने–‘पहिलाको जस्तो गुणस्तरीय अलैचीको उत्पादन त भएको छैन, तर ५÷६ वषर्् अगाडिको भन्दा केही राम्रो भने भएको छ, यसका लागि सरकारी स्तरबाट केही सहयोग गरेको छैन, अलैँचीमा लाग्ने रोग कीराको औषधिमा सहयोग, प्राविधिक ज्ञान दिन सके अझ गुणस्तीय बन्न सक्थ्यो, तर राज्यबाट त्यो् गर्न सकेको छैन ।

’ सरकारी स्तरबाट केही सहयोग हुन्छ भन्ने आशा बोकेर धेरै पहल गरेको भए पनि राज्यबाट त्यस्तो सहयोग नपाएको बताए । उनले भने–‘सहयोगका लागि राज्यसँग धेरै गुहारियो, पहल गरियो, तर राज्यबाट कुनै सहयोग पाइएन ।’धनकुटामा करिब चार दशक यता अलैचीको खेति हुँदै आएको छ ।

चार बर्षको अवधिमा आर्थिक बर्ष २०७४/०७५मा सबैभन्दा धेरै क्षेत्रफलमा अलैचीको खेति र उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्यांक अनुसार, आर्थिक बर्ष ०७४\०७५ मा ३० हेक्टर जमिनबाट १ सय ३५ मन अलैची उत्पादन भएको थियोे ।  त्यसयता लगातार उत्पादन घट्दै आएको छ ।

आर्थिक बर्ष ०७५\०७६ मा जिल्लामा १ सय ६० हेक्टरमा खेतिमा खेति गर्दा बार्षिक ९१ मेट्रिक टन अलैची उत्पादन भएको थियो ।  त्यसको लगत्तै आर्थिक बर्ष ०७६\०७७ मा क्षेत्रफल घटेर १ सय २५ हेक्टरमा सीमित बन्न पुग्यो । यस आर्थिक बर्षमा उत्पादन पनि घटेर ६२ मेट्रिक टनमा सीमित बन्यो । यसैगरि आर्थिक बर्ष ०७७\०७८ मा उत्पादन ३८ मेट्रिक टनमा सीमित बन्न पुग्यो । तर आर्थिक बर्ष ०७९\८० मा भने दुई मेट्रिकटन बढेर ४० मेट्रिकटन पुगेको छ । चालु आर्थिक बर्ष ०७९\८० मा यो बढेर ५० मेट्रिकटन पुग्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

नया प्रजातिको विरुवा, खेतिमा परिवर्तन भएको स्वरुपका कारण पुन ः उत्पादन बढ्न थालेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाको भनाई छ । उनले भने–प्राविधिक टोलीहरुले् ठाउँ ठाउँमा गएर त्यहाँका किसानहरुले अलैचीको विषयमा जानकारी गराउने, तालिम गराउने, अलैचीमा लाग्ने रोग कीराको पहिचान गराउने, त्यसमा उपयुक्त हुने बिषादी प्रयोग गर्ने, स्वस्थ, राम्रो खालको नर्सरीको विरुवा लगाउन जनचेतना जगाउन थालेपछि अहिले पहिलाको भन्दा अहिले अलैचीको उत्पादन बढेको हो ।’

छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट इलाम, पाँचथर हुँदै नेपाल भित्रिएको बताइन्छ । इलामबाट बिरुवा ल्याएर धनकुटामा करिब चार दशक यता अलैचीको खेति गरिदै आएको छ । प्रतिमन १ लाख २० हजारसम्म मूल्य पाएका कृषकले पछिल्लो बर्षहरुम ३० हजार रुपैया प्रतिमन भन्दा बढी मूल्य पाउन सकेका छैनन् ।