धरान /धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा घुर्ने , श्वास रोकिने तथा राम्रोसँग निन्द्रा नलाग्ने समस्या को बिषयमा स्लिप मेडिसिन सम्मेलन हुने भएको छ ।
विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा हुने सम्मेलनले यस्ता समस्या समाधानका लागि अनुभव,र बिधिको प्रस्तुति हुने छ ।
बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको पल्मोनरी क्रीटिकल केयर एण्ड स्लिप मेडिसिनको आयोजनामा हुने उक्त सम्मेलनमा घुर्ने,श्वास रोकिने तथा निन्द्रा नलाग्ने समस्या भएका खासगरी युवा बिरामीहरुले विशेषज्ञ डाक्टरलाई भेट्न र आफ्नो समस्याको उपचार गराउन सक्ने आयोजक बिभागका डा. अग्रज उप्रेतीले जानकारी दिए ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को अडिटिरियम हलमा फाल्गुण ९ गते शनिबार, बिहान ८ बजेदेखि कार्यक्रम हुने डा. उप्रेतीले जानकारी दिए ।
घुर्ने,श्वास फेर्न गारो हुने तथा राम्रोसँग निन्द्रा नलाग्ने जस्ता समस्या भबिस्यमा गम्भिर बन्दै जाने भएकाले बेलैमा यस्को निदान गर्नु पर्ने उनले बताए ।




















