धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

गएराती करिब १ः१० बजे चतरा सडक खण्डमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ट्रामाडोल १ हजार ६१० क्याप्सुल र स्पास्पाइन १ हजार ६०९ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।  

मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २६ वर्षीय राज राई र पछाडि सवार सोही स्थानका २७ वर्षीय खुसे राईलाई नियन्त्रणमा लिइएको छ ।

दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।