धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल फार्मेसी शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ ।
फार्मेसीमा कार्यरत कर्मचारको अबरोधका कारण बन्द भएको फार्मेसी पुनः सञ्चालनमा आएको हो । शुक्रबार प्रतिष्ठानका उपकुलपती प्राडा विक्रम प्रसाद श्रेष्ठ सहितका पदाधिकारीले फार्मेसीलाई पुनः सञ्चालनमा ल्याएसँगै सुरुवात गरेका हुन् ।
अव प्रतिष्ठानमा उपचारका लागि आउने विरामीले विमा बाफतको औषधीपनि सोही फार्मेसीबाट पाउने छन् । प्रतिष्ठानमा उपकुलपती भएर आएपछि प्राडा विक्रम प्रसाद श्रेष्ठले अस्पताल सुधारका कार्यहरु सुरु भएका छन् । प्रतिष्ठानमा देखिएका अस्पताल सेवा तर्फ सुधारका कार्यहरु हुन थालेका छन् ।
अहिले २४ घन्टा ल्याब सेवा,ल्यावको रिपोर्ट तत्काल उपलब्ध गराउने,पेइङ सेवामा जनरल शुल्क लाग्ने ब्यबस्था,ह्वील चियर तथा ट्रली ब्यबस्थापन,अस्पतालको एपबाट टिकट काट्न सक्ने सेवाको स्तरिकण जस्ता कार्यहरु भएका छन् । प्रतिष्ठानका समस्याहरुलाई क्रमस सुधार गर्र्दै जाने निती अनुसार कार्यहरु भई रहेको उप कुलपती श्रेष्ठले जानकारी दिए ।




















