धरान/नेपालका लागि टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सको सहयोगमा धरानमा ‘टिभिएस एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ।
धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडर्सले मंसिर २८ देखि पौष ४ गतेसम्म मेलाको आयोजना गर्ने जानकारी दिएको छ।
मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि विशेष अफरहरू पनि उपलब्ध रहनेछन्, जसमा रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी र नागरिकता मात्रमा फाइनान्स सुविधा समावेश छन्।
न्यु कुष्ण टेडर्सका अनुसार, “यो मेला ग्राहकका लागि पुरानो सवारी साटेर नयाँ टिभिएस बाइक/स्कुटर घर लैजाने उत्कृष्ट अवसर हो।”




















