नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष बैंकहरुले डकैती गरेको आरोप लगाएका छन् । विहीबारदेखि शुरु भएको सिआइएन कोशी एक्सोको उद्घाटन समारोहमा बोल्दै बैंकहरुले व्यवसायीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको प्रसंग कोट्याउदै आत्महत्या गर्ने व्यवसायीलाइ राज्यले सहिद गर्नुपर्ने बताए ।

उनले भने ‘बैंकहरु कसैको निगरानीमा छैनन्, डामेर छोडेका साँढेजस्ता भएका छन्, उनीहरुले खुलेआम ८० प्रतिशत नाफा खाँदा पनि कारबाही कारबाही हुन सकको छैन ।’ उनले यस्ता बैंकहरुलाई कारबाहीको माग राख्दै उद्योगीले उत्पादन गरेका वस्तुहरुमा २० प्रतिशतभन्दा बढी नाफा खाँदा हत्कडी लाग्ने तर ‘बैंकलाई चै डकैति गर्न दिने ? भन्दै प्रश्न गरेका थिए ।

उनले व्यांग्तमक शैलीमा भने–‘राजनीतिक दलका मान्छेहरु भीरबाट लड्दा पनि सहिद घोषणा गर्ने, उद्योग व्यवसाय चलाउन नसकेर आत्हत्या गरेकाहरुलाई पनि किन सहिद नगर्ने ? अहिले पनि बैंकहरुले तत्कालिन पञ्चायती शासनमा शासकहरुले २४ र ३६ प्रतिशत व्याज लिएजस्तो रातारात बैंकहरु धनी हुने उद्योगीहरु मर्ने, रोजगारी टुट्ने र राजस्व घट्ने अनि हामी सुसाइडको अवस्थामा पुग्ने वा पलायन हुने अवस्था छ ।’ उनले यो संक्रमणकालीन अवस्थामा एक दर्जन उद्योगीले आत्महत्या गरिसकेको बताए ।

बैंकको चर्को व्याजदरसँगै औद्योगिक क्षेत्र भनिएको विराटनगरमा निरन्तर भएको लोडसेडिङका कारण पनि उद्योगी व्यवसायीहरु मारेमा परेको अध्यक्ष घिमिरेले बताए । घिमिरेले भने–‘ लोडसेडिङका कारण यहाँका उद्योगी व्यवसायी मारमा परेका छन्, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि कारबाही गर्नुपर्छ ।’ उनले अहिले पनि उद्योगीहरुमा तीदेखि चार घण्टा लोडसेडिङ भइरहेकाले सम्बन्धित पक्षले यसमा गम्भीर हुनुपर्ने बताएका थिए ।

उद्योगी राजेन्द्र राठीले राजनीतिक दलका नेताहरुले नीजि क्षेत्रलाई प्रोत्साह गर्ने भनिए पनि प्रोत्साहन भन्दा पनि निरुत्साहित गर्ने काम गरेको आरोप लगाए । उनले भने–‘नेताहरुले देश त चलाएका छन्, तर उनीहरुसँग देश चलाउने भिजन नै छैन, हामीले ५० बर्षको प्लानिङ गरेर काम गर्छौ, देश चलाउनेहरुले पन िएक बर्ष पछाडिसम्मको प्लानिङ गरेर देश चलाउनुपर्छ ।’

उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि अहिलेको परिस्थितिलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले अहिलेको परिस्थितिकै कारण उद्योगी तथा व्यवसायीहरुले आत्महत्याको बाटो रो्जेको बताउदै यो वातावरण नआउने अवस्था अब सरकारले बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उद्योगीलाई सम्बोधन गर्दै उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारको नीतिगत प्राथमिकता र साझा कार्यक्रममा उल्लेख गरेका कुराहरुको आधारमा उद्योग क्षेत्रमा रहेका समस्या समाधान गर्ने बताएका थिए ।