विराटनगर

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मोरङको विराटनगरमा विहीबारदेखि सिएनआई कोशी एक्सो शुरु भएको छ । एक्सोको एक कार्यक्रमका बीच एमालेकाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

एक्सपोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, आधुनिक औजार उपकरण, अटो सेवा लगायतका चारसय बढी स्टल रहेका छन् । देशका अर्थतन्त्रलाई टेवा पुर्‍याउने र नीजि क्षेत्रका उद्योग व्यवसायीलाई एक्सोपो मल्हल लगाउने आयोजकले अपेक्षा गरेको छ ।

 प्रदेश  राजधानीमा आयोजना गरिएको मेलाले स्वदेशी उद्योगलाई राहत मिल्ने उद्योगी व्यवसायीको भनाई छ । तीन करोडको लगानीमा आयोजना गरिएको आयोजनामा पर्यटक प्रवद्र्धनसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरिएको  आयोजकले जानकारी दिएको छ । २८ गतेसम्म चल्ने मेलालाई ४० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।