धरान  / धरान ४ स्थित छोटी मोरङमा ६ सय ४० करोडको लगानीमा पाँच तारे होटलसहितको टुरिस्ट भिलेज २०२६ सम्ममा सन्चालन गर्ने लक्ष्यका साथ निर्माणको क्रममा रहेको जानकारी गराइएको छ ।

डिए इन्भेस्टमेन्ट प्रालि [ डीएआई ] को ५१ प्रतिशत लगानी ४९ प्रतिशत हुन आउने २५ मिलियन अमेरिकी डलरको वैदेशिक लगानीमा टुरिस्ट भिलेज निर्माण हुन लागेको प्रालिका अध्यक्ष देवेन्द्र बजगाईले जानकारी दिए । आइतबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा पूर्वका व्यवसायीले डिएआईको मास्टर प्लान सुनेपछि तालीले अनुमोदन गरे ।

टुरिस्ट भिलेजमा लगानीका लागि १३ वटा वैदेशिक कम्पनी तयार भएको  प्रालिका अध्यक्ष बजगाईले बताए । अध्यक्ष बजगाईका अनुसार एउटा कम्पनीसँग सहकार्य अगाडि बढिसकेको छ ।

पर्यटनका सम्भावना चुनौती एवम धरानमा आउँदै गरेको लगानीलाई स्वागत विषयक कार्यशाला गोष्ठीमा अध्यक्ष बजगाईले लगानीकर्ता वर्ल्डवाइड होल्डिङ कम्पनीले एक्सटेसन अफ इन्टरेस्टु भनेर पत्र पठाइसकेको जानकारी दिए । उनका अनुसार लगानी बोर्डसग यसबारे काम अगाडि बढेको छ ।

uu

लगानीकर्ता कम्पनीले विगत एक वर्षदेखि यहाँ आएर हेर्न थालेको थुप्रै पटक भइसक्यो, उनीहरुकै अडिटरहरु आएर हेर्दै आएका छन्, डिएआईका अध्यक्ष बजगाईले भने ।

उनले टुरिस्ट भिलेजको योजनालाई सफल पार्न थुप्रै कामहरु गर्ने बताए ।

1 स्थानीय उत्पादनमा जोड दिने

2 कृषि तालिम, प्रशिक्षण र बजार प्रवर्द्धन गर्ने

3 मल, बिउमा लगानी गर्ने

4 पानीको समस्याको दीगो समाधानका लागि स्रोत व्यवस्थापन गर्ने

5 ड्याम र पोखरी निर्माण गर्ने

6 पानी प्रशोधन र पुनः प्रयोग विधि सन्चालन गर्ने

यसका लागि हालसम्म जग्गा सङ्कलन गर्ने काम सम्पन्न भइसकेको अध्यक्ष बजगाईले बताए । उनले लक्ष्य पूरा गर्नका लागि हाल सम्म सम्पन्न भएका कामको फेहरिस्त समेत प्रस्तुत गरे ।

7 माटो परीक्षणको काम सम्पन्न भई रिपोर्ट प्राप्त भएको

8 ड्राइङहरु तयार भइसकेको

9  मार्केटिङ सर्भे ९नेपाल, भारत, बङ्गलादेश, जापान, युरोप, अमेरिका र चाइना० भइसकेको

10 सप्लायर, ठेकेदार, सामान छनोटको प्रारम्भिक कार्य सकेको

11 स्थानीय माटो, हावा, पानी, नागरिकको तत्कालीन अवस्था र उत्थान गर्न सकिने सम्भावित विषयको रिपोर्ट प्राप्त भएको

12 ल्याण्डस्केपको काम सकिएको

13  कानुनी प्रक्रिया पुर्याएर सन २०२६ भित्र सन्चालनमा ल्याउने लक्ष्य लिइएको

यो परियोजनामा धरानमा पाँच तारे होटलसहित ३ सय वटा घर निर्माण भई टुरिस्ट भिलेजका रुपमा विकास हुनेछ । क्यासिनोसहितको संरचना निर्माण गरी विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको यो परियोजनाको बिक्री समेत खुल्ला गरिने निर्माण कम्पनीको लक्ष्य छ ।

छिमेकी मूलुक भारतका दुई राज्य बिहार र पश्चिम बङ्गालका ३० करोड जनसंख्यालाई प्राथमिक लक्ष्य राखी परियोजना अघि बढाइएको छ ।

गोष्ठीमा हाल पूर्वमा सन्चालित पर्यटन क्षेत्रका सन्चालकहरुले चुनौती र सम्भावना प्रस्तुत गरेका थिए । र, आगामी योजनाका रुपमा धरानमा सन्चालन हुने केबलकारको परियोजनाका विषयमा समाजसेवी अजय राईले प्रकाश पारेका थिए । 

साभार : श्रव्यदृश्य