प्रिय बाल्यकाल

मेरो खुसी तिमीबाटै छुट्यो

मेरा रहर तिमी हराए सँगै हरायो

मेरो निन्द्रा तिमिबाटै खोसियो 


 प्रिय बाल्यकाल तिमी हुँदा र नहुदमा धेरै फरक छ 

तिमी हुदामा  जिन्दगी फूलको थुङ्गा जस्तो थियो

     

 सारा खुसी आफूसँगै छ जस्तो हुन्थ्यो

        आमाको न्यानो काखमा लुटुपुटु गर्दै बित्थ्यो

         साथीसंगी हासखेलमै समय कट्यो 

   

 तिमी नहुँदा प्रिय बाल्यकाल

जब तिमीबाट छुट्टिएर माथि आए नी 

जिन्दगी झरेको फूल सरह छ

न निन्द्रालाई समय दिन सकेको छ न भोकलाई 


यता टाल्दा उता टाल्दा र पनि उदाङ्गो बन्छ

दुःख पीडालाई खुसी सम्झेर हाँस्छु

तर तिम्रै याद आउँछ सम्झना आउँछ

आज पनि लाग्छ म त्यही बाल्यपनमै भइदिएको भए

 तिमि हुँदा र नहुदाँ मा धेरै फरक छ   प्रिय बाल्यकाल