इटहरी/ महालक्ष्मी विकास बैंक ले सुनसरीको इटहरी स्थित प्रदेश तथा शाखा कार्यालयमा आज जेठ ६ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको बैंकका कोशी प्रदेश प्रमुख दिपक गुप्ता ले जानकारी दिनुभयो।
पूर्वका विभिन्न अस्पतालहरूमा रगत अभाव भइरहेका बेला “रक्तदान नै जीवनदान हो” भन्ने मान्यतालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको बैंकका इटहरी शाखा प्रमुख आदित्य प्रसाई ले बताउनुभयो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी ले प्राविधिक सहयोग गरेको थियो।
बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख मिसन बनाउँदै आएको बताउँदै कोशी प्रदेश प्रमुख गुप्ताले आगामी दिनहरूमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।






















