• अमित थेबे 

यस वर्षको सिसेक्पा तङ्नामले लिम्बुवानका गाउँ सहरहरूबाट लुतो र अनिकाल धपाउनु अगावैको यात्रा अनेपक्षित रह्यो । आगमन, बहिर्गमन र पुनरागमनको श्रङ्खला भन्ने कुरो त चलिरहन्छ नै । तर, कहिलेकाहीँ सुदूर भविष्यका नाममा गरिने यात्राहरू अर्थ र मर्मका हिसाबमा फरक हुँदो रहेछ । अन्देखा आगतभन्दा विस्मृतिमा रहेको विगतलाई नै सम्झनु यतिखेर उचित ठानेर केही लेख्दैछु ।

यो संस्मरण पत्र लेखिरहँदा केही प्रिय मित्र, अग्रज, मान्यजनहरूका कायले सांसरिक यात्रा पूरा गरिसकेका छन् । लिम्बुवान छथरका एक नक्षत्र एवम् पूर्व माननीय अर्थ राज्यमन्त्री हरिराज खेवाको सिधँुवा बस दुर्घटनामा परी भएको अपत्यारिलो निधन, भाषाविज्ञानका व्याख्याता जो लिम्बुवान पान्थरको लुम्फाबुङमा बसेर चिन्तन गरिरहेका थिए, अझ भनौँ ‘मिस्टेकन इन्टेलेक्ट’ तेजमान आङदेम्बेको असामयिक देहावसानले अन्यझैँ गहिरो रूपले स्तब्ध भएको छु । राष्ट्र गानका सङ्गीतकार अम्बर गुरूङलाई नि गुमाउनुपरेको पीडा छँदैछ । यसैबीच, लिम्बुवान आन्दोलन र विद्यार्थी आन्दोलनका सहयात्री परममित्र डम्बर खजुमकी ममतामयी आमा, याक्थुङ चुम्लुङ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङका पूजनीय पिता, पब्लिक उच्च मावि धरानमा लिम्बु भाषा साहित्य विषयको पठनपाठन गराउनमा महत्वपूर्ण भूमिका खेल्नुहुने व्यवस्थापन समितिका पूर्व अध्यक्ष द्वारिकानाथ श्रेष्ठको सवारी दुर्घटनामा भएको निधनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु । पछिल्लो पटक मावली बाजे गहसिं येङ्देनज्यूको अवसानले पारिवारिक पीडा थप गरेको छ । सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माहरूको येत्लिङहाङ साम्बङहाङ फङतुङमा बास होस् भनी तागेरानिङवाभुमाङलाई पुकार्न चाहन्छु ।

यात्राको सुरुवात

फ्रेन्च दार्श्निक जिन ज्याक्स रुसोले भनेजस्तै मानिस जन्मँदा स्वतन्त्र हुन्छ तर समयक्रमसँगै बन्धनमा बाँधिन्दै जान्छन् । निरपेक्ष स्वतन्त्रताका लागि पनि सङ्गठित हुनैपर्ने संसारको दसी छ । यस मानेमा अहिलेसम्मका विविध प्रकृतिका आबद्धताहरूलाई मैले सिकाई र बुझाईकै अवसरका रूपमा लिएको छु । चार पुस्ता अर्थात सय वर्षबढी लाहुरे परिवारको विरासतलाई एकातर्फ राखेर अर्को मार्गमा हिँड्ने चाहना राख्नु मौलिक परिवेशमा अनौठो नै हुँदो रहेछ । आफ्नो प्रवेशिका परीक्षाको समूहका दम्मलहरुमध्ये स्वदेशमै बस्ने अन्तिम लहरका मान्छेहरूमा पर्नु चुनौतीपूर्ण छँदै थियो । तर, विविध अस्वाभाविकताहरूले नै फरक लिकमा दौडन प्रेरित गरेकै हो ।

लिम्बुवानको ऐतिहासिक तहसिल राजधानी विजयपुर नगरी धरान मेरो जीवनको विविध घटनाहरूको पनि राजधानी हो । पारिवारिक पृष्ठभूमि थोरै राजनीतिक, साँस्कृतिक र साहित्यिक भएर होला, त्यसको बाछिटा आफूमै परिहाल्यो । माङकी प्रतिछाँया आमा सिद्धकुमारी थेवे येङ्देन विद्यार्थी जीवनकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय भएर होला विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीति र साहित्यमा अभिरूची बढिहाल्यो । पल्टने जीवनले कहिले देशभित्र र बाहिर गरिरहनु भएनि आमाले राजनीति, समाजसेवा, कला सँस्कृतिप्रति राख्नुभएको झुकावले कलिलो मस्तिष्कमा प्रभाव बढ्न् क्रम सुरु भयो । बुवा नविन कुमार थेवेको विशेषतः गीत सङ्गीत र साहित्यमा रहेको दक्खलले नि काम ग¥यो । किशोरावस्थमा टेकिसक्दा साहित्य, राजनीति, खेलकूद, समाजसेवमा मोह बसिसकेको थियो ।

माओवादी जनयुद्धको प्रभाव पूर्व्तिर बढिरहेकै समयमा कमरेड चे ग्वेभारा, माओत्सेतुङ, हो ची मिन्ह लगायतका अन्य लालकिताबहरू खोजी हिँड्नु ठट्टा थिएन । अनायासै, धरानमा उपलब्ध भएभरका दैनिक, साप्ताहिक, मासिक र काठमाडौँबाट छापिने पत्रिकाहरूमा सिर्जना छपाउने रहर चल्यो । विद्यालयस्तरका हाजिरीजवाफमा सहभागिता जनाउने बानी परेर होला एकपटक जनवरी एक तारिखदेखि डिसेम्बर ३१ तारिखसम्ममा पर्ने सबै महत्वपूर्ण दिवस र पर्व घटनाहरूका बारे लेख्ने जोश चल्यो । त्यहीँबाट सुरु भयो स्तम्भ लेखनको अध्याय । साहित्य, राजनीति र पत्रकारिताको डुंगा सँगसँगै खियाउने रहर लतमा र पछि दायित्वमा परिणत हुँदै गयो । पाठयक्रमिक अध्ययनभन्दा समाज, समुदाय र सँस्कृतिको अध्ययनमा घोत्लिने जङ्ग चल्यो । साठीको दशकसम्मा आइपुग्दा राजनीतिक सक्रियता बढ्दै गयो । साँस्कुतिक प्रकृतिका अवयवहरूमा सम्बन्ध गाढियो । साहित्य कलाप्रतिको अनुराग त कायम छँदै थियो ।

यसैबीच, पूर्वमा लिम्बुवान राजनीतिले पहिचानको आन्दोलनको सरगर्मी बढाउँदै लगेपछि भूमि मुक्तिसँगै सबै किसिमका उत्पीडनहरूबाट मोक्ष प्राप्त गर्ने ध्येयले सङ्घीय र स्वायत्ततावादीको महान् यात्रामा जोडिने निर्णय भयो । यद्यपि, बितेका एक दशकमा लिम्बुवान राजनीतिमा धेरै उतारचढाव र जोडघटाउ भइसकेका छन् । तथापि, जुनसुुकै स्वरूप, गति र यतिमा भएपनि लिम्बुवान राजनीति अघि बढरिहेकै छ ।

आभारीका शब्दहरू 

‘असल सङ्गतले लामो यात्रा छोट्याउन मद्दत गर्दछ’ – टर्किस उखान

अहिलेसम्म नापेका बाटाहरूको मूल्याङ्कन गर्दा असल मानिस र संस्थाहरूो सङ्गति गज्जबले नै पाएछु भन्ने लाग्छ । सिलसिलाबर नभएपनि ती व्यक्तिहरूलाई सम्झने यत्न गरेँ । पत्रपत्रिकामा रचना छापिएको पहिलो प्रसङ्ग लिनुपर्दा संयोगले मेरा आदरणीय दाजु पत्रकार एवम् राजनीतिक विश्लेषक भवानी बराललाई सम्झेँ । २०५७ सालमा कविता छापिएको पत्रिका विजयपुर साप्ताहिक नै हो । त्यसबेलाका कार्यकारी सम्पादक कमल तिगेला दाजु र अहिलेका सम्पादक गङ्गा पौडेललाई नि सम्झेँ । मावली ठाउँ तम्मर खोला लिङ्खिमका बराल दाजुसँग पछिल्लो पटक पूर्वको पहिचानको आन्दोलनलाई उठाउन विजयपुर डट कम ई–पत्रिका सुरु गरेका थियौँ । सुनसरीका पुराना पत्रकारहरूमध्येका एकमा गनिने कान्तिपुर दैनिकको उपसम्पादकसम्म रहिसकेका आदरणीय दाजु हर्ष सुब्बालाई पनि स्मरण गर्नैपर्छ । सङ्घीयताका कुरा गरिरहँदा स्थानीय समाचार र घटनाहरू जो काठमाडौँका कर्पोरेट मिडिया हाउसहरूका नजरहरूमा पर्दैनन्, ती विषयहरूलाई अहिले पनि मर्निङ टाइम्स दैनिकमार्पmत प्रशस्तै ठाउँ दिइरहेका छन् सुब्बा दाजुले । उनी कहिले कियाचु र कहिले लिम्बु विद्यार्थी मञ्चका सल्लाहकारका रूपमा पनि हामीसँग निकट रहे । वीपीको लोकतान्त्रिक समाजवादका अनुयायी पत्रकार पूर्व टाइम्सका सम्पादक गिरीराज आचार्यलाई पनि याद गरिरहेको छु । त्यस्तै, हाल पोर्चुगलमा रहनुभएका आत्मीय दाजु एवम् अन्नपूर्णपोष्ट दैनिकका राजकुमार दिक्पाल, कान्तिपुरका पत्रकार एवम् कथाकार दाजु प्रदीप सेमी मेन्याङ्वोज्यूलाई पनि गाउँलेदेखि पारिवारिक सबै नाताले नजिक ठानेको छु । एबीसी टेलिभिजनका पूर्वाञ्चल न्यूज ब्यूरो प्रमुख भैरव आङ्ला आम्भुई, बीबीसी नेपाली सेवाकी संवाददाता सीता मादेम्बा आन्ने, बीएफबीएसकी संवाददाता निलिफा सुब्बा दिदी, अनालाइन खबर डट कमका अरुण बराल, फास्ट टाइम्सका सम्पादक एवम् नेपाल पत्रकार महासङ्घका सुनसरी सभापति केशव घिमिरे दाजु, ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक एवम् स्रष्टा राजेश विद्रोही दाई, प्रधान सम्पादक राजकुमार कार्की, सम्पादक किशोर कुमार कार्की लगायतलाई नि सम्झिरहेको छु ।

मजदूर नेताका रूपमा परिचय बनाइसेका औजार दैनिकका प्रधान सम्पादक भीम ज्वाल राई, पहिचान पत्रकारिता सुरुवात गर्ने बहुआयामिक व्यक्तित्व एवम् विश्वस्त सूत्रका सम्पादक गोपाल देवान दाई, तान्छोप्पा मासिकका संवाददाता, नुमाफुङ साप्ताहिकका सम्पादक एवम् लिम्बु पत्रकार सङ्घ सुनसरीका अध्यक्ष स्वर्णिमहाङ फोम्बो, अमेरकिा भाँस्सिएका सञ्चारकर्मी एवम् वृत्तचित्र निर्देशक जस कुमार राई बेखर्ची, पूर्णाङ्क साप्ताहिकसम्बद्ध खरो पत्रकार जनकऋषि राईहरूसँगको सङ्गतलाई नि याद गरिरहेकै छु । हिमाल खबर पत्रिकाका डम्बरकृष्ण श्रेष्ठ उर्पm अुनशील, दि हिमालयन टाईम्सका रविन गिरी, अत्यन्त प्रतिभाशाली पत्रकार दाई एवम् नेपाली टाईम्स अङ्ग्रेजी पत्रिकामा काम गरिरहनुभएका ओमआस्था राईहरूसँग पत्रकारिता सुरुवात गर्दाको क्षणहरू पुनर्ताजगी भइरहेको छ । व्यावसायिक पत्रकारिता गरिहेका नागरिक दैनिकका रोहित राई, गीतकार एवमे पत्रकार प्रतिमा विवश राई, शुक्रबार साप्ताहिकका गोपाल दाहाल, न्यूज २४ का सन्तोष काफ्ले, अनलाइन खबर डटकम र धरान टाईम्स डटकमका भोजराज श्रेष्ठ, हिमशिखर टेलिभिजनका गोविन्द बस्नेत, धरान साप्ताहिकका सम्पादक मणिराज भट्टराई, दिव्यरोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङ राई, सागर सिञ्जाली मगर, औजार दैनिकका कार्यकारी सम्पादक रणध्वोज लोहार, लक्ष्मी दर्नाल, मर्निङ टाईम्सका बासुदेव बराल, दिनेश गजमेर, नयाँ पेज डटकमका नवराज विष्ट, विजयपुर एफ एमकी सुम्निमा चाम्लिङ, सोही एफ एमका शैक्षिक व्यवसायी समेत रहेका सुरेश राईलाई नि भारी सम्झना छ ।

त्यस्तै, पत्रकारहरू श्रीश्रीशा राई, किशोर थुलुङ, देवेन्द्र कार्की, भोला श्रेष्ठ, बीना डी तामाङ, रिमेश श्रेष्ठ, केशव सापकोेटा, सविन पोख्रेल, सरिता पुमा राई, सुनिता केसी राई, सविता राई, प्रबोध साप्ताहिकका गमबहादुर लम्जेल सङ्घर्षशील, महाप्रतिवाद साप्ताहिकका गिदोन लामिछाने, अनिता लामिछाने, बेलबारीका नारायण राई, इटहरीका विराट अनुपम, फोटो पत्रकारहरू उपेन्द्र चाम्लिङ, सोहन श्रेष्ठ, विकास चाम्लिङ लगायतलाई नि आभार प्रकट गर्दछु । तेह्रथुम फेदापबाट सञ्चालित मेन्छ्यायेम एफ एमका मनु याक्थुम्बा ईधिङ्गो, प्रेम निङ्लेकू, मनोज तेयुङ, नरमाया श्रेष्ठ, आशा तुम्बाहाम्फे, पान्थरको सुम्हात्लुङ एफ एमका विजयबोध लाओती, दमकबाट प्रकाशित लिम्बुवान साप्ताहिकका दिल कुमार लाओेती, विराटनगरबाट निस्कने लिम्बु भाषी पत्रिका नाजमका राम लाओती, डा. भरत चोङवाङ भेना पनि दिलमै हुनुहुन्छ ।

एक दशक अगाडि भेट भएका केही हितैषी मित्रहरूमध्येका एक अनन्य मित्र एवम् हाल जापानमा रहेका मुक्साम लाओती, हितराम तिल्लिङसँग मिलेर तत्कालीन मुन्धुम विद्यार्थी मञ्च हुँदै नौ वर्षअघि सिरिजङ्गा अनुुसन्धान केन्द्र खडा गरेका थियौँ । सोही केन्द्रको वार्षिक प्रकाशन लाइक् जर्नलका सम्पादक लाओती, अङ्ग्रेजी भाषा खण्डका सम्पादक सुवास तेयुङ, हाल कोरियामा रहेका मित्र एवम् सम्पादन सहयोगी गणेशराज केरूङ ‘हाङसेम’ को पनि अमूल्य सङ्गतले उर्जा दिइरहेकै छ । डिगध्वोज लाओती र सन्तोष सोदेम्बाको सम्पादन समूहमा रहेको उपस्थिति पनि न्यानो छ । याःसक सुब्जेनीका लाओती मैले धेरै ठाउँमा उल्लेख गरेझैँ मेरो क्याम्पस जीवनको स्नातक तहको पहिलो दिनको पहिलो मिनेटमा भेट भएका आत्मीय घनिष्ट मित्र हुन् । कतिपय ठाउँमा गुरू पनि । हितरामजी र लाओती चुमसँग आनीपाःन् कक्षाका दौरान तेह्रथुम फेदापमा व्यतीत गरेका धेरै स्मरणीय पलहरू कैद छन् । दुवै लिम्बु विद्यार्थी मञ्च, याक्थुङ चुम्लुङ, लिम्बुवान आन्दोलन, भाषिक आन्दोलनमा पनि बारम्बार जोडिए । अहिले पनि आ–आफ्ना ठाउँमा क्रियाशील रही प्रेरणा छरिरहेका छन् ।

मौलिक पहिचानसँग साक्षात्कार गराउने सवालमा मैले आदर र अनुग्रहका साथ उच्चारण गर्नुपर्ने नाम हो – अर्जुनबाबु माबुहाङ । मैले कुनै दिन आत्मकथा लेख्नुपरे आउन सक्ने एक अनौठो पात्र पनि । एउटा राजनीतिक विरासतमा हुर्किनु भएर पनि राजनीति गर्नु ठूलो कुरो थिएन । तर, राजनीतिले साधन मात्र बनाइरहेको समुदायको साँस्कृतिक पक्षको गम्भीर अध्ययन, आलोचना र अर्को कोणबाट विश्लेषण गरी भारी गुण लगाएका छन् । याक्थुङ मुन्धुम र इतिहासका निसन्देह उनी एक विज्ञ हुन् । समाजले बिना पूर्वाग्रह उनमा रहेको ज्ञानको उत्खनन गर्नुपर्छ । माबुहाङसँग याङ्वरकदेखि खम्बुवानको हतुवागढीसम्म पैदल यात्रामार्पmत हज्सन पाण्डुलिपिमा उल्लेखित घटना र स्थानको गरिएको अनुसन्धानको सम्झना विशेष छ । विश्व याक्थुङ मुन्धुम समाजका आइत खजुम दाजु जसले दशक लामो अध्ययनपश्चात ‘च्याब्रुङको नालीबेली’ ल्याए । मलाई लाग्छ यो केलाङ अध्ययन गर्ने पाठकका लागि मास्टर पिस किताब हो । चुम्लुङ सचिव समेत रहेका सहप्रा.ध्रुवकुमार मेन्याङ्वो, उप.प्रा हर्क इजम मामा, प्रा. चन्द्र बहादुर फोम्बो, मुन्धुमसाम्बा भरत तुङघङ ‘थुङसाप्’, मित्र मोहन तिगेला र यायावरी दाजु देविन्द्र थेगिमको टिमलाई मैले हस्तक्षेपकारी ठानेको छु ।

लिम्बु विद्यार्थी मञ्च मैले माया गरेको प्रिय सङ्गठन हो । सहरमा जन्मे हुर्केको मान्छे मातृभाषामा कमजोर हुनुलाई मैले कमजोरीभन्दा पनि सिक्ने चुनौतीका रूपमा लिएँ । मञ्चले लिम्बुवान प्राप्तिको आन्दोलनमा सबैभन्दा रचनात्मक र अगुवाकारी भूमिका खेलेको इतिहास छ । अभिभावक संस्था कियाचुसँग नजिक रही याक्थुङ समुदायका सबै सरोकारका मुद्दामा क्रियाशीलता देखाइरहेकै छ । पछिल्ला अध्यक्ष आङबुहाङ अबोध अविरलसम्म आइपुग्दा मञ्च अनेक उतारचढावबीच गुज्रे पनि पुनः पुरानो ट्रयाकमा आइसकेको छ । भाषिक आन्दोलनले निरन्तरता पाएर कात्तिक महिनामा अन्तर्रा्ष्ट्रिय लिम्बु विद्यार्थी सम्मेलनको महत्वकाङ्क्षी लक्ष्य लिइसकेको छ । यसै मेसोमा बरिष्ठ उपाध्यक्षहरू विक्रम सम्बाहाम्फे, मानध्वोव इस्वो, उपाध्यक्षहरू विशाल आङदेम्बे, विमला तेयुङ, महासचिव मनिष सम्बाहाम्फे(क्यानडा), सचिवहरू प्रजीन हाङबाङ, दीपा लक्सम भाञ्जी, विक्रम सम्बाहाम्फे,(बी), कोषाध्यक्ष फिपराज बेघा, गृहजिल्ला सुनसरीका केन्द्रीय सदस्यहरू धनेन्द्र जवेगू, मीरा पङ्गेन्हाङ(बेलायत) साथै वर्तमान केन्द्रीय कार्य समितिका सबै पदाधिकारी सदस्यहरू, जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरूलाई याद गर्न चाहन्छु । अहिलेसम्म प्रदान गर्नुभएको स्वीकारोक्तिका लागि आभार पनि ।

सुम्हा?लुङको उपनाम पाएको हाम्रो दौँतरीको समूहका सदस्य(आपूmबाहेक)हरू – सन्तोष कुरुम्वाङ र जय कुमार सम्बाहाम्फेलाई तीव्र रूपमा ‘मिस’ गरिरहेको अवस्था हो । घरदेश होस् कि परदेश दुवै मित्रहरू जीवनका महत्वपूर्ण घटनाका द्रष्टाहरू हुन् । कम शब्द खर्चिए पनि दुवै सर्वा्धिक आत्मीय र निकट । डटलिङ्क एकेडेमीकी टीका हुक्पा चोङवाङ, टङ्क राना मगर(जापान), रञ्जित यादव, बुद्ध कुरुम्वाङ, ललित हुक्पा चोङवाङलाई बिर्सन सक्या छुइनँ ।

भरौलका बहिनीहरू लक्ष्मी इधिङ्गो, आइती एभेङ, कविता नेयोङ हुँदै मञ्जु आङबुहाङ, झरना आङदेम्बे, कृष्ण थाम्देन(जापान), राजु फोम्बो(भारत), मदन हुक्पा चोङवाङ, एलिसा केदेम दिदी, प्रवेग हाङस्रोङ, प्रदीप नेयोङ, पासाम तिल्लिङ, मिक्सो शेर्मा, मेरिना तबेबुङ, रनवीर आङबहाङ, सुम्निमा यक्सो, प्रतीक ओख्रावो, सङ्गीता वनेम, तारा वनेम, शान्तिला वनेम लगायतका महानुभावहरूको सहयोग वन्दनीय रह्यो । अर्को तर्पm चुम्लुङका सुनसरी अध्यक्ष सङ्गीता सुब्बा र सम्पूर्ण कार्य समिति, धरान अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ र सम्पूर्ण कार्य समिति, कियाचु लिम्बु साँस्कृतिक परिषद सुनसरी अध्यक्ष कुमार हुक्पा चोङवाङ र सम्पूर्ण कार्य समिति, दर्जन बढी केलाङ समूहहरू, कि याक्थुङ माङ्गेन्ना चुम्लुङका भीष्मा चेम्जोङ दिदी, प्रमिला मेन्याङ्वो छ्यामा, बसन्ती थेवे दिदी, कियाचु हिम परिवार, लिम्बु भाषा पठनपाठन कार्यान्वयन सङ्घर्ष समितिका संयोजक स्व. चन्द्र बहादुर थक्लुङ, नेपाल आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष चित्र थापा मगर दाजु र कार्य समिति, विजयपुर स्मारक संरक्षण समिति, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सुनसरी, लिम्बुवान संयुक्त सघर्ष समिति, आदिवासी जनजाति युवा महासङ्घ, नेपाल थुप्पोको थेवे लिम्बु कल्याण सङ्घ, पृथी बहादुर थेवे लिम्बु स्मृति प्रतिष्ठान, ‘सतहमा’ संस्थाका रोहित लिम्बु, चिरन राई(बेलायत), सम्मृत मादेन, मिलन राई(कतार), सुरेन लिम्बु(हङकङ), मुृकुद भण्डारी, डा. श्रवण मण्डल, रेखा गुरूङ, प्रवीणा हलुवाई, प्रिन्सिला लिम्बु, अनिल सुवेदी, ओजस्वीकृष्ण श्रेष्ठलाई हमेशा मानसपाटलमा राखिरहनेछु ।

अग्रजबेगर धेरै कामकार्वाहीहरू अधूरा हुन्छन् । तुतु तुम्याहाङको लामो फेहरिस्त हुँदा हुँदै पनि केही विशषहरूलाई यहाँ उल्लेख गर्ने प्रयास गरेँ । बुद्धिजीवि एवम् स्तम्भकार अक्कल बहादुर मेन्याङवो, तीलविक्रम कन्दङ्वा, गुरु प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. केदारप्रसाद पौड्याल, प्रा.डा. गोविन्द तुम्बाहाङ, डा. मोहन तुम्बाहाङ, डा. रमेश इजम, डा. दिलकुमार हाङस्रोङ, डा. खेम दाहाल, प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. भीम खतिवडा, उपप्रा. सुभाषचन्द्र न्यौपाने, उपप्रा. दीपक न्यौपाने लगायतका मान्यजनहरूको बौद्धिक सहयोगको ऋण तिर्न गाह«ो छ । लिम्बुवान अध्ययन केन्द्रको कार्यक्रममा आइरहनु हुने सात समुद्रपारि संयुक्त राज्य अमेरिकाको वेष्टर्न मिचिगन विश्वविद्यालयका प्रा.डा. मारोहाङ खवाहाङ, विद्वान लेखक एवम् मिचिगन विश्वविद्यालयका प्रा.डा. महेन्द्र लाओती, आदिवासी अधिकारकर्मी प्रा. बालकृष्ण माबुहाङ, लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष प्रा. अर्जुन नुगो, चुम्लुङ अध्यक्ष एवम् लेक्चरर उत्तमसिं थाङ्देन, महासचिव एवम् उपप्रा प्रेम येक्तेन, लिम्बुवान अध्ययन केन्द्र विजयपुर च्याप्टरका अध्यक्ष नरप्रसाद लुम्फुङ्वा भेना, कियाचु पुनर्जीवन केन्द्रका कार्यक्रम प्रबन्धक एवम् अधिकारकर्मी विजय लुम्फुङ्वा दाजु सँगै धेरै नामहरूको श्रङ्खला जोडिरहेको छु ।

समाजसेवी र विशेष गरी भूपू गोर्खाको न्यायिक आन्दोलनका पर्याय गजेन्द्र इस्वो मामालाई समग्र ‘भाञ्जा भाञ्जी’ हरूकै तर्पmबाट नमन गर्दछु । कहिले आदिवासी आन्दोलन, कहिले चुम्लुङ, कहिले व्यापारिक कम्प्लेक्स त कहिले सहकारी सर्वत्र छाएकै हुन् उनी । अहिले पनि धरान मस्त सुतेको बेला सखारै ब्यूझिएर इस्वो र उनका टिम रमेश राई, दल बहादुर राई, दुर्गामाया वनेम, चन्द्रकुमारी लिम्बुहरू छेऊको माछामारा डाँडामा १३ करोड बढी लागतको गोर्खा स्मृति पार्क निर्माणका लागि धाइरहेकै होलान् । एकातिर दुई सय वर्षको बेलायत–नेपाल कूटनीतिक सम्बन्ध मजबुत तुल्याउनमा गोर्खाली समुदायको अथाह योगदान छ भने अर्का्तिर गाउँ घर समाजमा उनीहरूको पैसा, सीप, जाँगर र सदिच्छाबाट लाभान्वित हुनेको सङ्ख्या अगणनीय छ ।


साहित्यिक र राजनीतिक योद्धाहरूलाई नि सलाम !


दुई भिन्न तर परस्पर विधामा झुकाव राख्नु कतिपय अवस्थामा सान्दर्भिक र सहयोगी अनि कतिपय अवस्थामा असहज पनि हुँदो रहेछ । समस्याका बारेमा सचेततापूर्वक लेख्ने कि आफैँम फिल्डमा परिवर्तनका पक्षमा दौडिने भन्ने द्विविधा अहिलेसम्म पनि लेखक र राजनीतिज्ञबीच छ । अपितु मैले यात्राका क्रममा भेटेका सबैलाई सम्झन चाहन्छु । असल वा इमान्दार पाठक वा श्रोताजस्तो गर्वलाग्दो वर्ग हुनु जस्तो स्वाद केही लागेन । अहिले पनि सम्झन्छु सयौँ गोष्ठी र उत्सवहरूमा केही नबोली सभापतिको अन्तिम शब्द सुनेर अबेर घर फर्कनु जतिको नशा केहीमा लागेन । गजलगो एवम् कवि गोविन्द विकलको प्रारम्भिक प्रेरणालाई आजपर्यन्त सम्झिरहेको छु । देशी लाईनमा लुरुक्क परेर खोटाङ कम्युनिकेशन उर्पm किराती भञ्ज्याङमा पुग्दा गम्भीर कविता र सिर्जना अध्ययन गर्न र लेख्न उत्साहित गर्नुहुने दाजु कवि देवान किरातीलाई कहिल्यै बिर्सन सक्दिनँ । कहिले इटहरीका कवि मनु मञ्जिललाई सुनेर, कहिले विराटनगरमा कृष्णभूषण बलदेखि परशु प्रधानलाई हेरेर, घरी दमकमा प्रकाश आङ्देम्बे र उनका शक्तिशाली समूहको छेऊ परेर, घरी काठमाडौँमा चिउँडोमा हात राखेर सृजनशील अराजकताका राजन मुकारुङ, उपेन्द्र सुब्बा, हाङयुग अज्ञातलाई बुझेर समय घर्किएको छ । तिखेदेवलतिर जाँदा रङ्गवादी कविहरू स्वप्निल स्मृति, धर्मेन्द्रविक्रम नेम्बाङ, चन्द्रवीर तुम्बापोहरूको राप ताप त्यस्तै । सुदूरपूर्वी पान्थरे समूह थाम्सुहाङ पुष्प सुब्बा, राज माङ्लाक, भवानी तावा, सगुन सुसारा, समदर्शी काइँला उत्तिकै जटिल र बौद्धिक । पूmल र तरुनीका कविताहरूभन्दा पनि परै ठेलिदिए । भयवादका देश सुब्बा, तर्कवादका चेवन श्री पनि आइहाले चुनौती दिन । समग्रमा सबैले नेपाली साहित्य, वाङ्मय र दर्शनलाई नै दिशानिर्देश गरिरहेको भान हुन्थ्यो । पछिल्लो समयमा कवि विमल स्मृति पुस्तकालयका पूर्ण बहादुर गुरूङ, कलरवका सुुदीप पाख्रिन, हेमन यात्री, सञ्जिव राईहरूको ब्यानर नि सुइरिएर आइपुग्यो । काठमाडौँमा किताब घर खालेर बसेका दाजु कवि सन्त थलङसँग धरानका नापेका अधिकांश बाटाहरूमा अझै पदचाप खोजी हिँड्छु ।

यसैबीच नेपाल गजल प्रतिष्ठान, सुनसरी साहित्य प्रतिष्ठान, मोती संस्म्रण समिति, लक्ष्मी वाचनालय, परिक्रमा धरान, साहित्य सञ्चार समूह इटहरी, वाणी प्रकाशन विराटनगर, सुस्केरा साहित्य समाज बेलबारी, उर्लाबारी गजल मञ्च लगायतका संस्थाहरूको सक्रियतालाई पनि मैले पूर्वेली साहित्यको उठान गर्न सहायक नै मानेको छु ।

राजनीतिक क्षेत्रका अग्रणीहरूको नाममा पनि केही लेख्नै पर्ने हुन्छ । विशेतः लिम्बुवान आन्दोलनका नेतृत्वहरूलाई सम्झिरहेको छु । तत्कालीन सङ्घीय आन्दोलनताका जन्मिएका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद एक दशक बढी समयमा दर्जनौँ पटक टुट फुट र एकताका चरणमा गुज्रिसकेको छ । तथापि, एकमुष्ट सबै ब्यानर र सबै नेतृत्वहरूलाई इमानदारीपूर्वक सम्झन चाहन्छु । जति नै विवाद र भिन्नता आए पनि लिम्बुवान आन्दोलनमा प्रतीकका रूपमा खडा भइसकेका श्रद्धेय दाजु एवम् नेताहरू कुमार लिङ्देन ‘मिराक्’, कमल छाराहाङ, वीर नेम्बाङ, सञ्जुहाङ पालुङ्वा, रामभक्त कुरुम्वाङ, खगेन्द्र माखिम, सूर्य माखिमहरूलाई सम्मानपूर्वक सम्झन चाहन्छु । त्यस्तै, राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको नेतृतव गरिरहेका सङ्घीय गठबन्धनका संयोजक एवम् सङ्घीय समजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रि जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा मामा, उपाध्यक्ष चन्द्रबहादुर खापुङ, अनन्य मित्र एवम् लिम्बुवानका नेता संसफोका केन्द्रीय सदस्य लोकसागर साम्बा, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मौसम लिम्बु, केस मुक्साम मेन्याङ्वो, आइन्द्रविक्रम बेघा, जिल्ला नेता चोत्लुङ, नेपाली काङ्ग्रेसका पूर्व क्षेत्रीय सभापति हेमलाल येङ्देन बाजे, जिल्ला सचिव सुजेन्द्र गोले, महाधिवेशन प्रतिनिधि राजकुमार थोप्रा, ससफो केस भीम राई, केन्द्रीय विभागका पदाधिकारी सदस्यहरू ध्यानबहादुर राई, विपीन इङ्वारम, मनाभगत चाम्लिङ, जिल्ला अध्यक्ष भगीराज खत्वे, सचिव ताजुव लिम्बु, धरान अध्यक्ष पारस काङमाङ राई, क्षेत्रीय अध्यक्ष रामकुमार राई, सचिव निमा पोङ्सुवा, रिता लिम्बु, यसोदा राई, बिना पुमा राई, रामकमार राई, तेञ्जिङ खापा शेर्पा, दातेम्बा शेर्पा, डिल्लीश्वर चाम्लिङ राई, डिल्लीराम थापा, राम बहादुर बुढाथोकी, अनुप देवान, सुमन राई, सुमन चेम्जोङ, सविना याम्पूm, किरण देवान, यम किराती, भूपाल जिमी, वरादान हाङखिम, प्रतीक्ष बान्तवा राई, कला वालिङ लगायतका सम्पूर्ण सङ्गठनका मित्रहरूलाई मेरो असीम माया बाँढ्न चाहन्छु । लिम्बुवानी नेता मित्र केदार धिमाल, मातृका धिमाल(मलेसिया), ईश्वर याक्खा(मलेसिया), नेता दाजु भपू प्रनाउ कृष्णमान थेवे, नेतृ भतिजी अमृता थेवे, मित्र जेन्टल लाओती, नेता गजेन्द्रमान चोङवाङ क्याक, बयोवृद्ध नेतृ सावित्रा लिम्बु लगायतलाई हार्दिक आदर । लिम्बुवान राजनीति चर्काउँदाताका पुराना टिमका साथीहरू दाजु दिल कुमार फोम्बो, डम्मर खजुम(कतार), आइतराज थोप्रा, भीम इधिङ्गो, नितेश सिङ्गक, कुमार सिरेङ चोङवाङ, टेकराज आङबुहाङ, प्रकाश सिरेङ चोङवाङ, अविनाश आङबुहाङ, प्रकाश याक्खालगायतलाई लिम्बुवान आन्दोलन सुस्ताउँदा सम्झिरहनेछु ।

पारिवारिक दायित्व पन्छाएर निष्फिक्री एकलकाँटे भएर हिँडदा घर व्यवहार सम्हाल्नु हुने जीवनसङ्गिनी शान्ति धिमाललाई पहिलो पटक यसै सञ्जालमार्पmत आभार र फक्ताङलुङझैँ निश्चल माया प्रकट गर्न चाहन्छु । लामो यात्रा तय गर्न बाँकी नै छ । दाजु अनिल, भाई अजित, बुहारी रञ्जु बोखिम र भाई अमिरलाई पनि संरक्षणका लागि आभार । स्नेही छोरी तान्छोप्मालाई मुटुभरि सिञ्चित गरेको असीम माया । समग्रमा अहिलेसम्मका हिँडाइहरूमा साथ, सहयोग, शुभेच्छा, माया, विश्वास प्रदान गर्नहुने सबै ज्ञात अज्ञातहरूमा हार्दिक कृतज्ञता अर्पण गर्दछु ।्

जाने बेला 

केही समयअघि बेलायती राजकुमार ह्यारी यताका गाउँ टहलेका थिए । उनको आगमन र फिर्तीले मिडियामा राम्रै चर्चा पाएको थियो । गोर्खाली समुदायप्रति गहिरो संवेदना र सहानुभूति राख्ने ह्यारीको देशमा यो पङ्क्तिकार चुपचाप आइपुगेको छ । अनिश्चित भविष्यका कारण तीसौँ लाख युवाहरू सुदूर सुुन्दर भविष्यका लागि हिमाली मुलुक छाडेर गएको खबर समाचार र समाजमा मात्र पढेको र यतिखेर आफैँ उही भूमरीमा फस्दा निश्चय पनि मन मस्तिष्क स्थिर छेैन । तथापि, विजयपुरदेखि ब्रिटेनसम्मको यात्राका दौरान अनगिन्ती अव्यक्त अनुभवहरू दिमागका पानामा कुदिँएका छन् । सबैलाई कुनै उपयुक्त समयमा उपयुक्त माध्यमबाट पोख्ने वाचा कस्दै अहिले जनकवि एवम् प्राज्ञ श्रवण मुकारूङको एक कविता छाडेर चुप् बसेँ ।

‘एक भूतपूर्व गोर्खालाई सम्झेर’

छोडेर गयौ एउटा घर सिमेन्टको

भित्र छ अग्लो ऐना

जहाँ हेर्न सकिन्छ मात्र आफूलाई

लस्करै छन् क्वीन एलिजावेथ, सुल्तान बोल्किया र उसको बावु

फकल्याण्ड वारको विजेता

र, हिमाल कुम्भकर्ण

तर, त्यहाँ छैनौ तिमी ....।

लेखक थेबे अहिले बेलयतमा हुनुहुन्छ ।