धरान/ आदिकबी भानुभक्त आचार्यको जन्म जयन्तीमा धरानको भानुचौकमा रहेको भानुभक्तको शालिकमा माल्यर्पण गरिएको छ । 

 नेपाली लेखक सङ्घले २१० औ भानु जयन्तीको अवसरमा धरानका लेखक, कवि साहित्यकारहरूले भानुभक्तको शालिकमा माल्यार्पण गर्दै मनाएका हुन् ।

कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघाको पनि उपस्थिति रहेको थियो । उनले भानु जयन्तीका अवसरमा सबैलाई शुभकामना दिएका छन् ।

भानुचौकमा भएको कार्यक्रममा समालोचक प्राडा खेमनाथ दाहालले भानु भक्तिमय रामायणको सुन्दर काण्डका केही श्लोकहरू पाठ गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा।गोपालप्रसाद भण्डारी,

मोती संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिना, प्रा.डा. चन्द्रमणि नेपाल, डा. भवानीशंकर भट्टराई, प्रा.डा.भोलानाथ पोखरेल, गिरिराज आचार्य, आनन्द आचार्य, डा.नारायण निरौला, लालबहादुर कार्की, कुलबहादुर कार्की, जगन्नाथ कट्टेल लगायतले माल्यार्पण गरे ।

सङ्घका सुनसरी अध्यक्ष हर्ष सुब्बाको अध्यक्षता तथा सचिव विजय घिमिरेको सहरीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।