–गोपाी खतिवडा 

अहिले दलहरू उम्मेद्वार सिफारिसको चटारोमा छन् । नेता टिकट पाउँदिन भन्ने निश्चित भए पनि आफ्नो नाम जसरी पनि सिफारिस गरी उपल्लो कमिटीमा पठाउने अभियान बोकेर हिँडेका छन् ।कार्यकर्ता आ (आफ्नो निकटका नेताका समर्थनमा स्याल हुइयाँ पिट्न व्यस्त छन् ।

  काम गरेर चिनिने र नेता हुनेभन्दा यसपटक नाम सिफारिस भयो भने चर्चामा आइन्छ, माथिल्लो नेतृत्वले चिन्छ र आगामी दिनमा वार्गेनिङ गर्न सहज हुन्छ भन्ने मनोविज्ञान जताततै हावी छ। 

यस्तो मनोविज्ञान बोकेर नेता हुन खोज्नेहरूलाई नाङ्गेझार पार्नसक्ने चेत कार्यकर्तामा पलाउनु पर्ने हो तर त्यो देखिदैन।दलहरूले  यो रोग लागेकालाई होइन, जनमुखी काम र सुदृढ सङ्गठनका लागि योगदान गरेका वा गर्नसक्ने सोच भएका सक्षम व्यक्तिलाई उम्मेद्वार बनाउन सक्नुपर्छ।यसो गरे राज्यव्यवस्था र दलीय चरित्रमा सुधार सम्भव छ। अन्यथा  गुटबन्दी र सत्तार शक्तिमुखी राजनीतिले दलहरू अझ जर्जर हुँदै जानेछन् र स्वतन्त्रका नाममा मुलुक क्रमशस् निरङ्कुशतातर्फ अभिमुख हुने निश्चित छ। 

  •    सचेत बनौं, मात्र चर्चाका लागि नाम सिफारिसको लाइनमा उभिएर लाजको पसारो नबनौँ