धरान/ धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकाश र विस्तारमा गर्ने उद्धेश्यका साथ धरान एक्सपो( २)८१ हुने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते देखि हुने भएको हो । माघ ५ गते सम्म चल्ने एक्पोमा १सय ४२ वटा स्टल रहने आयोजक सुनसरि उद्योग वाणिाज्य संघले आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका ब्यापारी ब्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १) करोड बराबरको कारोबार हुने एक्स्पो का मुल संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
एक्स्पोमा विविध व्यवसायीक, उद्यमी, कृषि क्षेत्र सबैक्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छझ मुल संयोजक श्रेष्ठले भने , एक्स्पोमा स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभुति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेटेका छौ ।
उनले धरान एक्स्पो भएकाले यसमा स्थानिय उत्पादनको व्यापारलाई प्राथामिकता दिइएको बताउदै एक्सपोमा भारत पाकिस्तान र बंगलादेशका समेत स्टल रहने छन (पर्यटन, स्वास्थ्य, साहित्य संग सम्बन्धी स्टल पनि रहेको वताए ।
एक्स्पोमा पर्यटन, कृषी, स्वरोजगार सम्बन्धी, वित्तिय संस्था संग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेको संघका महासचिव महेन्द्र प्रधानले वताए ।
एक्स्पो मा नेपालको कोशि प्रदेश सगै देशभरवाट मात्र नभई भारत , पाकिस्तान , भुटान लगाएतका ठाउवाट दैनिक दुई हजारले अवलोकन गर्ने अनुमान रहेको संघका अध्यक्ष विजय श्रेष्ठ ले जानकारी दिए ।
धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउने, ब्यापारी, उद्यमी ब्यवसायीमा आशाको सञ्चार गर्ने तथा धरानको व्यापारीक, व्यवसायीक शाख पुनर्जिवित गर्न एक्स्पोले योगदान पुर्याउने विश्वास आयोजकको छ ।
संघले एक्स्पोलाई सफल बनाउन ५)१ सदस्य रहेको आयोजक समिती बनाएको छ । एक्स्पो स्थानिय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सरकार र नेपाल उद्योग बाणिज्य महासंघको सहयोगमा हुन लागेको हो ।
हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतीक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।