झापा /   गौरादहकी गङ्गाताजपुरियालाई छाम र गहिनभन्दाआधुनिकमिल सजिलो भएको छ । ज्यालामजदुरी गरी खाने फूलवतीताजपुरियालाई घरको छाम र गहिनभन्दाआधुनिक पिठो कुट्नेमिलमापुगेर पिठो कुटेर ल्याउन सजिलो लाग्छ ।

अहिले गाउँगाँउमाविकास र परिवर्तनसँगै ताजपुरिया र राजवंशी समुदायले परम्परादेखि प्रयोग गर्दै आएका छाम र गहिनचलाउन छाडेका छन् ।

कुटानी र पिसानीकालागिचलाउन छाडेपछि छाम र गहिनमात्रहोइनआदिवासी समुदायकाझल्ला, ढोक्सा, छिटीजाल, भेर्का र पेल पनिलोप हुने अवस्थामापुगेका छन् ।

गाउँगाउँमा पिठो, चामल, बेसार आदिपिसाउने आधुनिकविद्युतीयमिल सञ्चालनमा आएपछि आदिवासी समुदायले छाम र गहिन बिर्संदै जानथालेका छन् । पाँचवर्षअघिसम्म पनिताजपुरिया समुदायले यसको धेरै प्रयोग गर्थे ।

WP_20150204_006

अब यसको निर्माण गर्ने र प्रयोग गर्ने घट्दै गएको सीतारामताजपुरियाले बताए । वनबाट काठ ल्याई छाम र गहिनबनाउने यो समुदायकानयाँ पिँढीले यो समानबनाउने सीप सिक्नपनिलाजमान्ने गरेको गायिकालक्ष्मीताजपुरिया बताउँछिन् ।

लक्ष्मीले भनिन्– ‘कासाने कुटी ठाकाट्नी ठिकिट्गे, छाती बहे जाछे रुपेना..... बोलको गीतगाउँदै पहिलापहिला बेहुला–बेहुलीलाई लगाइदिने बेसार पनियसमा नै कुट्ने गरिन्थ्यो ।

विवाहमाकासाको दिन पेटानी, छिटेर उरमाल, चाँदीका विच्छी, चुरा, सिप्तीतार र वाकलगाएर छाममा नै पिठो कुट्नु अनिवार्य मानिन्थ्यो । यसैमा कुटिएका चामल, पिठो, चिउरा आदिमात्रविवाहकालागिउपयोगीमानिन्थ्यो । तर समय परिवर्तनसँगै आफ्नो कला–संस्कृतिलोप हुनलाग्दासमेत कसैलाई वास्ता छैन ।’

छाममा कुटिएका खाद्यपदार्थ स्वस्थ्यवर्धक र स्वादिष्ट पनिमानिन्थ्यो । भालेको डाकसँगै छाममा धान, पिठो आदि कुट्ने परम्परा ताजपुरिया समुदायमाथियो ।

ठाकुर वरमानीर ग्रामपूजागर्ने यो समुदायले मङ्सिरमानयाँखाने भनेर नयाँधान यसैमा कुट्ने अनि छाम र गहिनलाई केरा, पानसुपारी, गाईको दुुध र लारु लड्डुले यसको पूजापनिगर्ने गर्थे ।

आधुनिक कुटानी पिसानीकाविद्युतीय साधन आएपछि ताजपुरिया समुदायकानयाँ पिँढीमा कामगर्ने जाँगर हराउँदै गएको छ भन्दै ताजपुरिया समाज कल्याण परिषद्का पूर्व केन्द्रीयअध्यक्ष गङ्गारामताजपुरियाले वर्षौं पुरानो कलासंस्कृतिलोप हुनथालेपछि आफू चिन्तित बनेको बताए ।

ताजपुरिया समुदायकाकाल–संस्कृति संरक्षणका लागि सरकारी स्तरबाट पनिव्यवहारिक रूपमाकुनै तहका पाठ्यपुस्तकमा समावेश नगरिएकाले पनि यो ताजपुरिया समुदायको कलासंस्कृतिको लोपहुने अवस्थाआएको बताउँदै गौरीगन्जबहुमुखीक्याम्पसकाक्याम्पस प्रमुख सर्वतलाल राजवंशीले तत्कालयिनीहरूको संरक्षण र पुस्ताहस्तान्तरणमा नलागे आदिवासी समुदायका छाम र गहिनअनिकलासंस्कृतिनयाँ पिँढीका लागिइतिहासमामात्रसिमितहुने दुःखेसो पोखे ।

झल्ला पनिघाटाको व्यवसाय

झल्ला खाटमा ओछ्याउनप्रयोग गरिन्छ । यो पाटाबाट बनाइन्छ । झल्लातिता पाटा वातोसा पाटाबाट बनाइन्छ ।

तिता पाटाबाट बुनेर बनाइएको झल्ला राम्रो हुन्छ ।तिता पाटाबाट बनाइएको झल्लामाभुवाआउँदैन । 

सामान्यतया एउटा झल्लातीन फाटीको हुन्छ । एक फाटीमा ६ हातलम्बाइर सवाहातचौडाइ हुन्छ । एउटा झल्लाबनाउनतीनकिलो पाटा लाग्छ ।यसकालागिएकजनालाई धागो बुन्न १५ दिन, तानहाल्न एक घन्टा र एउटा झल्लाबुन्नदुई दिन लाग्छ ।

पाटाप्रति किलो एक सय २० रुपियाँ पर्छ ।

एउटा झल्लाबन्नतीन सय ६० रुपियाँको पाटा लाग्छ । दैनिकहाजिरा पाँच सय छ । एउटा झल्लाको लागिधागो बुुन्न सातहजार पाँच सय रुपियाँहाजिरा पर्छ ।

यसरी एउटा झल्लाबनिसक्दा सातहजार आठ सय रुपियाँखर्च हुन्छ । अझयसमा रङ पनि लाग्छ । बजारमा एउटा झल्ला १५ सयदेखि दुुई हजार रुपियाँ पर्छ । मिहिनेत र लागत हेर्दा झल्ला बनेर बेच्नु् घाटाको व्यवसायभएको पर्शु राजवंशी बताउँछन् ।