संखुवासभा / खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवक प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार गरी आत्मा गर्ने प्रयास असफल भएको छ ।
सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले हत्या आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका थिए । तर उनी गम्भीर घाइतेमात्र भए । उनको अहिले जिल्ला अस्तपालमा खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएका थिए ।
प्रहरीका अनुसार राति दुवैजना दर्नालको डेरामा बसेका बसेको बिहान घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।