348368684_1201209173903227_182753120312806434_n

  "भंगेरा" चरा, संसारको हरेक देशमा पाएको देखिन्छ। यो चरालाई अङ्ग्रेजीमा "हाउस स्पय्ओव"२ वैज्ञानिक नाम "पस्सेर दोमेस्तिकस" भनिन्छ। यस्को तौल २५- ३९.५ ग्राम र  लम्बाइ १६ सेन्टिमिटर हुन्छ। भाले चरालाई "भंगेर" र पोथी चरालाई "भंगेरी" भनिन्छ ।

भंगेराको घाँटीमा कालो बिब र धुलो खैरो रंगको शिर हुन्छ भने भंगेरीको घाँटीमा कालो बिब हुँदैन र धुलो खैरो रंगको शिर हुन्छ । यो चरालाई घरका छानामा, रुखको हाँगामा सजिलैने देख्न सकिन्छ ।   

   सानो शरीर भएको भंगेरा वा भंगेरीले अन्न, बीऊ र कीराहरु खाने गर्छ। यो चराले आफ्ना गुँड रुखको हांगामा र मानिसको घरको दलिनमा बनाउँछ।

भंगेराहरु समुहमा बस्ने गर्छन्।मर्ज महिनामा भंगेराले आफ्नो मिठो आवाज वा गीतले भंगेरीलाई मनोहर गर्ने गर्छ। प्रजन्नको समयमा भंगेरीले ३ वा ५ वटा अन्डा  दिन्छ र त्यो अण्डा सेतो र खैरो रंगको टिकटिके दाग हुन्छ। भंगेरालाई बाइबल र विभिन्न पौराणिक कथामा उल्लेख गरिएको छ।

भँगेरालाई भगवान वा ईश्वरको प्रतिमा माया, सिर्जना र भक्तिको रूपमा मानिन्छ। विश्व भरिमा भंगेराको १४० वटा जेनेरा (वंश) र २९  वटा स्पेसिस (प्रजाति) छन् ती प्रजातिमा पर्न  "ह्यारिस" भंगेरा चरालाई सबैभन्दा ठूलो र "चिपिङ" भंगेरा चरालाई सबैभन्दा सानो मानिन्छ।

भंगेरा ४०-४६ किलोमिटर प्रति घण्टाको गतिमा उड्ने गर्छ। बिरालो, कुकुर, सर्प, स्याल जस्ता जनावरहरू भंगेराको शिकारीहरु  हुन्। हावा हुरी, वन विनाश र खानाको अभावले भँगेरा चराको केही प्रजाति लोप भएको छ। जस्तै "डुक्सी सिसाई भंगेर" चरालाई १९९० मा विलुप्त भएको प्रष्टी  गरेको छ।

भंगेरा चराको प्रजातिहरु इन्टरनेशनल युनियन फोर कन्जर्वेषन अफ न्याचर (IUCN) को रेड लिस्टमा परेको छ। भंगेरा चराको प्रजातिहरु लोप हुनुको कारण वायुप्रदुषण, अस्वास्थिय आहार, वन विनास, जस्ता आदीलाई मानिन्छ। यो चरालाई सामाजिक चार हो र मानिसलाई बीचमा बस्न रमाउँछ।

   भंगेरा सानो र सर्वभक्षी चार हो। of] चराको प्रजाति दिनदिनै हराउँदै गएको छ। भंगेराको प्रजातिको बचाउन, हरेक मानिसहरूले थोरै खाना र पानीलाई सानो टापरामा हाली, त्यो टपरालाई घरको छानामा वा रुखको नजिक राख्दिदा हुन्छ