सुनसरी / अल्पमतमा परेको कोशी प्रदेश सरकारको नेतृत्व लिन नेकपा   {माओवादी केन्द्र} र नेपाली काङ्ग्रेसले आ-आफ्नो दाबी गरेका छन् ।

माओबादीले आज एमालेका नेता हिक्मत बहादुर कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिए पछि केन्द्रिय गठबन्धनमा रहेको काङ्ग्रेस र माओबादीको गठबन्धनमा सरकार बन्ने देखिन्छ । गठबन्धनका दुबै दलले नेतृत्व लिने दाबी गर्दै आएका छन् । 

गत सोमबार माओबादी संसदीय दलको बैठकले इन्द्र आङ्बोको नेतृत्वमा सरकारमा जान पहल गर्ने निर्णय गरेको थियो । आज भएको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रदेशमा अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने निर्णय गरेमा दलका उपनेता हिमाल कार्कीले बताए ।

गठबन्धनको सबैभन्दा ठूलो दल हुनुको नाताले दाबी स्वाभाविक रहेको बताए । गठबन्धनका अन्य दलको नेतृत्वमा सरकार बन्ने निर्णय भए कांग्रेसले त्यसलाई स्वीकार गर्ने बताए।