धरान / बिश्व वातावरण दिवसको अवसरमा रोयल इस्ट्रन इन्फिल्डर्स क्लब धरानको आयोजनामा सेउती पुल देखि तिनकुने सम्म शिरीषको बोट रोपिएका छन् ।

क्लबका अध्यक्ष योगेन राइको नेतृत्वमा  ४ सय बिरुवा सेउती पुल देखि तिनकुने बन कार्यलयसम्म रोपिने क्लबका सदस्य बिनोश सुच्चा राई ले बताए ।

उनले भने यो नितान्त पर्यटनलाई आकर्षित गर्न शिरीषको बिरुवा रोप्न लागेका हौ, शिरीष आफैमा अत्यन्तै आकर्षित देखिने भएकोले सिजनमा मनमोहक दृश्य देखिने हुनाले पनि शिरीष रोप्ने निर्णय गरिएको हो ।

क्लबका सहकोषाध्यक्ष एशप जङ राईले हरेक शिरीषको बोट रोप्ने कार्यले आकर्षण दिनेमा पुर्ण बिश्वास रहेको बताए ।