धरान/ पछिल्लो समयमा धरानमा डेंगो रोगको माहामारी फैलिएको छ ।
उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगो रोगका संक्रमण भएको पाइएको हो ।
झापालाई डेंगो रोगको जोखिम क्षेत्र मानिए पनि धरानमा समेत डेंगो रोगको जोखिम क्षेत्रको रुपमा लिन थालिएको छ ।
मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानर्मा संक्रमण भएको पाइएको छ ।
डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ ।
डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ ।
डेंगू भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगू भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरु देखिन थाल्छन् ।
यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंहले बताए ।
यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । डेंगू रोग मानिसबाट मानिसमा सोभैm सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ ।
धरान डेंगो रोगको जोखिम बढ्दा धरान उपमहानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय र वीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरानसँगको सहकार्यमा सचेतना कार्यक्रम तथा रोकथामका लागि पहल गर्न गरिएको भए पनि यो बर्ष कसैलाई चासो भएको पाइदैन ।
चिकित्सकहरुले डेंगो लागेको शंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान आग्रह गरेका छन् ।
लामखुटेको टोकाइबाट हुने यो रोगबाट बच्न घरका वरिपरि भएका फोहोर, खाल्डाखुल्डी पुर्नपर्ने र राती सुत्दा मच्छेटदानी लगाएर सुत्नुपर्ने चिकित्सकको सुझाव छ ।
डेंगो लागिसकेपछि मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएरमात्र उपचार गरिन सकिने चिकित्सकको भनाई छ ।
त्यसैले यसबाट बच्न सावधानी अपनाउन चिकित्सकहरुले सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् ।