बिराटनगर /  बिराटनगर १४ मा रहेको एस्पायर कलेजमा एक दिने तनाब ब्यबस्थापन तालिम सम्पन्न भएको छ । युवा बर्गहरुमा तनाब ब्यबस्थापन अहिलेको मुख्य आवश्यकता रहेकाले कलेजले आफ्ना बिद्यार्थी तथा शिक्षकका लागि तनाब ब्यबस्थापन तालिम आयोजना  गरेको हो । 

तालिम मा  ५२ जना बिद्यार्थी तथा १३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । बिगत लामो समय देखि यहि क्षेत्रमा काम गर्नु भएका अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर ,स्कुल अफ ह्यापिनेसका सस्थापक  हरि सिटौलाले सहजीकरण गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले बर्तमान समयमा एकदमै चुनौतीपूर्ण  रहेको समय ब्यबस्थापन ,

असल बानीको बिकास , स्वस्थ तथा तनाब रहित जीवन शैली , सुखी जिवनका लागि सकारात्मक सोच आदि बिषयमा उत्प्रेरणामुलक भनाइहरु राख्दै कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा कलेजका प्रमुख चिन्तामणि बस्नेतले युवा अवस्थामा बिद्यार्थीहरुलाई आइ पर्ने तनाब रहित जीवन जिउनका जीवन उपयोगी सीपसग समबन्धित तालिमहरु कलेजले निरन्तर उपलब्ध गराउने र शिक्षण सिकाइ बाहेकका अन्य गतिबिधीलाई पनि सगै लिएर गएकाले छोटो अवधीमा नै कलेजले आम समुदायमा सकारात्मक छाप छाड्न सफल रहेको जानकारी दिनु भयो । 

काठमाडौ बिश्वबिधालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र बि टेक एड आइ टि का कक्षाहरु संचालनमा छन र नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत खुला गरिएको छ ।