विराटनगर / नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अधिवेशनबाट शभु शाहको प्यानल विजय भएको छ । शाहले निकटतम प्रतिद्वन्दी विवेक दाहाललाई १६९ मतअन्तरले पराजित गदै अध्यक्षमा निर्वाचित भएका छन ।

निर्वाचनमा कुल ५४६ मत खसेकोमा शाहले ३५२ मत प्राप्त गर्दा दाहालले १८३ मत प्राप्त गरेका थिए । एसोसेसनको उपाध्यक्षमा विश्वनारायण (बीएन) चौधरी,सचिवमा दिपेन्द्र खड्का,कोषाध्यक्षमा संजिप खड्का निर्वचित भएका छन ।

यसैगरी खुला सदस्य तर्फ विजय कार्की, रश्मि अधिकारी र महिला सद्स्यमा संगीना कुमारी चौधरीले निर्वचित भएका हुन । नव निर्वचित अध्यक्ष शाहले चुनावि नतिजा जे भए पनि अबका दिनमा समग्र फार्मेसी समुदायको हित हुने गरि काम गर्ने र सबैको पेशागत हकहितका लागि सबैलाई मिलाएर अघि बढाउने प्रतिबद्धता जनाएका छन।