धरान /  पुस्ता अन्तरका कारण जेष्ठ नागरिकहरु छोरा नातिको साथ सहयोग र सामिप्यताबाट टाढा भई एक्लो जीवन विताउन बाध्य छन् ।

पुरानो पस्ता र नयाँ पुस्ताबीचको खाडल झन झन गहिरो हुदै जादा पहिचान, संस्कार र संस्कृतिहरु पनि नयाँ पुस्तामा हस्तान्तरण नहुने भएकाले समाज सम्बन्धको बन्धन पनि खुकुलो हुदै गएको जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधान बताउछन् ।

IMG_20230625_130543

धरानमा अन्तर पुस्ता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार होटल रत्ना ईनमा सम्पन्न भएको छ ।

कार्यक्रम राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका ज्येष्ठ नागरिक संघका अध्यक्ष, प्रतिनिधि, युवा तथा विद्यार्थीहरु सहित ७५ जनाको सहभागिता रहेको थियो ।

सरकारले जेष्ठ नागरिकको हक हितका लागि जेष्ठ नागरिक ऐन र कानुनहरु समेत निर्माण गरिसकेको र त्यसलाई कार्यान्वयनमा ल्याउन जेष्ठ नागरकहरु नै जागरुक हुनेपर्ने कोशी प्रदेश सभा सदस्य माननीय यसोदा कायस्थले बताइन् । 

अन्तरकृया कार्यक्रममा पद्मकन्या क्याम्पसका सामाजिक कार्य विभाग प्रमुख स्किृता राईले अन्तरपुस्ताको ज्ञान हस्तान्तरणमा सरकार जेष्ठ नागरिकको भुमिका विषयमा प्रस्तुती गरेकी थिईन ।

प्रस्तुती माथि जिज्ञासा र पुस्ता अन्तर कम गर्न सुझाव सहित अन्तरक्रिया गरिएको ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश सचिवालय सदस्य  कृष्ण भागवत श्रेष्ठले जानकारी दिए ।  अन्तरकृया कार्यक्रमको सहजिकरण महासंघ कोशी प्रदेशका सदस्य हरिकृष्ण श्रेष्ठले गर्नु भएको थियो । 

 मोवाईल र अन्य नयाँ प्रविधिका कारण परिवारमा जेष्ठ नागरिकहरु र दोस्रो तेस्रो पिढि बीच झन ठूलो खाडल भएको अन्तरक्रियाको समिक्षा गर्दै कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठले बताए ।

 अन्तरक्रिया कार्यक्रममा महासंघ कार्यसमिति सदस्य सुर्य बहादुर श्रेष्ठ, महासंघकी उपाध्यक्ष शारदा चन, महासंघ सल्लाहकार जगत अर्याल, ईलामका देवी गौतम, शिक्षासेवी राज विमल श्रेष्ठले पुस्ता अन्तरको विषयमा बोलेका थिए ।

समाजसेवी श्याम गोविन्द श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ विशेष अतिथि रहनु भएको थियो । 

पुस्ता अन्तर कम गर्न सवै जिल्ला, पालिकामा जेष्ठ नागरिक संघ मार्फत सरकारलाई दवाव र समाजलाई सचेतना दिने कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिएका थिए