धरान/ सुनसरीको धरान डेंगुको हटस्पट बनेको छ । धरानमा हजारौको संख्यामा डेंगु सक्रमितहरु रहेका छन् ।

डेंगु संक्रमण नियन्त्रण तथा उपचारमा सरकारी तहबाट प्रर्याप्त सहयोग भएको छैन ।

धरानमा प्रत्येक घरमा डेगुं सक्रमितहरु रहेका छन् । कतिपय सक्रमितहरु परिक्षण तथा उपचारको लागी समेत आर्थिक अभावमा अस्पताल सम्म पुग्न सकेका छैनन् । 

धरानवाट सुरु भएको डेंगुको सक्रमण अहिले कोशी प्रदेश भरी फैलिसकेको छ । कोशी प्रदेशका अधिकांश जिल्लाहरुको सक्रमण देखीएको छ ।

अन्य जिल्लामा भन्दा धरानमा भने यसको भयावह अवस्था रहेको छ ।

धरान उपममहानगर पालिकाले धरानसभा गृहमा निशुल्क परिक्षण सुरु गरे पनि उपचारको लागी भने आर्थिक अभाव सक्रमितहरु अस्पताल सम्म जान सकिरहेका छैनन ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेगु परिक्षणमा निःशूल्क गरेको छ ।

प्रतिष्ठानले अन्य परिक्षण तथा उपचार भने निशुल्क गरेको छैन ।

धरानमा प्रत्येक घरमा सक्रमित रहेको र उपचार गर्न आर्र्थिक अभाव समेत भएको गुनासो आएसगै सामाजिक संघ संस्था तथा वडा कार्यलयहरुले निः शुल्क शिविरहरु सञ्चालनमा ल्याएका छन् ।

सक्रमितको कारण विरामीको अस्पतालहरु भरी भराउ छ ।

आर्थिक अभावमा उपचार गर्न जान नपाएकाहरुलाई लक्षित गरी वडामै डेंगु उपचार शिविर शुरु गरेको १६ नंं वडा समितिका अध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए ।

डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर भएपनि सुनसरी उद्योग वाणिज्य संघले डेंगु उपचार शिविरमा सूरु गरेको छ ।

परिक्षण एवम् उपचारको सहित शिविरका लागि उद्योग वाणिज्य संघले ७ वटा वडाहरूले सहकार्य गरेको छ ।

धरानमा अहिले २० हजार भन्दा धेरै सक्रमित रहेका छन् भने ९ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तो भयावह अवस्थामा न्यूनिकरणकै लागि शिविरको आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।

  डेंगु सगै आवश्यक पर्ने सबै परिक्षण निः शुल्क हुने शिविरमा २० वेड राखिएको छ ।

शिविरमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार हुनेछ ।

बिरामीका अवस्था गम्भीर देखिए तत्काल शिविरबाट वीपी प्रतिष्ठानको इमरजेन्सीमा रिफर गर्ने प्रबन्ध मिलाइएको छ ।

डेंगु मध्यम अवस्थामा रहेका बिरामीलाई प्रारम्भिक उपचार गरी प्रतिष्ठान स्थित डेंगु अस्पताल पठाइने छ ।

डेंगु देखिएका प्रारम्भिक अवस्थाका बिरामीहरूलाई शिविरमा राखेर उपचार गरिने व्यवस्था गरिएको संघका महासचिव महेन्द्र प्रधानले जानकारी दिए ।

संघले सुरु गरेको शिविरमा १ डाक्टर ४ नर्स खटिएका छन् । केएचडिसीका ४ जना प्राविधिक, चिकित्सकहरू शिविरमा संलग्न छन् ।

सातै वडा कार्यालयले वडाका स्वास्थ्य स्वयं सेविकाहरू शिविरमा खटाएका छन् ।

उद्योग वाणिज्य संघले उसको एसी सहितको मिलेनियम सभाहललाई डेंगु शिविरमा परिणत गरेको छ ।

हलमा डेंगुका बिरामीहरूको लागि हाल २० बेडको व्यवस्था गरिएको छ । आवश्यक परे ३० बेडसम्म पु¥याउने छ ।

डेंगु उपचार शिविर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,

धरान उपमहानगरपालिका र केएचडिसी संस्थाको सहयोगमा स्थापना गरिएको हो ।

शिविरको निगरानी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. सञ्जीव शर्माले गर्नेछन् ।

उक्त निःशुल्क शिविर धरानमा डेंगु महामारी पूर्ण रूपमा नियन्त्रणमा नआए सम्म सञ्चालन गरिने सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।