धरान ।  नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स धरानमा लन्च भएको छ । सो दुइ  एसयूभीको  टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने धरानका लागि आधिकारिक डिलर राई माटर्सले जनाएको छ।  । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्रोप तथा सिजी नेक्जीनले सो एसयूभीहरु बुकिंङ्ग असार २९ गते देखिनै खुल्ला गरेको थियो ।  कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ ।  जिम्नीको सुरुवाती मूल्य रू. ५९ लाख ९९ बाट र  फ्रोन्क्सको मूल्य रू. ३९ लाख ९९हजार  बाट सुरु हुनेछन् ।  

cg1

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिष्ठिात कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फोरह्वील प्रणाली, अल ग्रीप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिंंक राइडिङ एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ।  अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ । 

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो ।  

“द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र  स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ। प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।