धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गैरकानुनी कार्य गर्ने जो कोहीलाई कारबाही हुने बताएका छन् । धरान इटहरी सडक खण्डको सेउती पुल छेउमा रौता कन्ट्रक्सनले गैरकानुनी कार्य गरेको पाइए पछि धरान १० का वडाध्यक्ष विवेक राई,कार्यपालिका सदस्य दिनेश गजमेर सहित युवा संघ सहित नेकपा एमाले धरान वन वातावरण विभागका प्रमुख, राजकुमार राई (तिलक) उप प्रमुख कुमार भारती,उपभोक्ता हित संम्रक्षण विभाग प्रमुख कमल भट्टराई,युवा सघं नेपाल धरानका उपाध्यक्ष रोगेन्द्र राई सहितको टिमले अनुगमन गरि कार्य बन्द गराएको थियो । रौता कन्टक्सनले अबैधरुपमा चलाएको प्लान्टको चावी बुझ्दै मेयर साम्पाङले धरान उपमहानगर क्षेत्र भित्र कहिपनि गैरकानुनी कार्य गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

हामीले मेयर सावलाई चावी बुझाएका छौ,उहाँले गैरकानुनी काम गर्ने अधिकार कसैलाई नभएको भन्दै सम्बन्धित पक्षले प्रकृया पुरा गरेर आउनु पर्ने बताउनु भयो धरान १० का वडाध्यक्ष विवेक राईले भने ।

आइतबार अनुगमनको क्रममा धरान इटहरी सडक खण्डको पिच गर्ने प्रयोजनका लागि स्वीकृती लिएर सडक कालोपत्रे गर्न आवश्यक पर्ने सामाग्री अरुनै कम्पनीलाई बेच्ने गरेको पाइएको थियो । धरान इटहरी सडक खण्डको सडक कालोपत्रे नभएको तर उक्त बन क्षेत्रमा प्रदुषण फैलाउदै समाग्री उत्पादन गरेको भन्दै गुनासो आएपछि आइतबार धरान १० का वडाध्यक्ष विवेक राई तथा कार्यपालिका सदस्य दिनेस गजमेर,मजदुर तथा स्थानीय युवाहरुले स्थलगत अनुगमन गरेका थिए ।

 अनुगमनका क्रममा रौता कन्ट्रक्सनले कुनै सरकारी निकायबाट स्वीकृती नलिएको,सामाग्री उत्पादन गरेर अन्यत्र बेचेको,जिल्ला बन कार्यालयबाट उक्त कार्य बन्द गर्न सात दिने अल्टीमेटम दिएको तर त्यसलाई अटेर गरेको जस्ता कार्यहरु गरेको पाइएको धरान १० का वडाध्यक्ष विवेक राईले बताए । धरान इटहरी क्षेत्रको बन क्षेत्रमा अबैध काम भईरहेको र वातावरण समेत प्रदुषित भएको भन्दै गुनासो आएपछि हामी बुझ्न गएका थियौ उनले भने त्यहाँ जादा गैरकानुनी रुपमा सञ्चालन गरेको पाइएपछि तत्काल काम रोक्न लगाइ कानुनी प्रकृया पुरा गर्न या अन्यत्र सार्न अनुरोध गरिएको वडाध्यक्ष राईले बताए ।

बन क्षेत्रमा अबैध कार्यगर्ने छुट कसैलाई छैन,जुन कामको लागि राखिएको हो त्यो काम सकिएपछि त्यसलाई बन्द गर्नु पर्छ या हटाउनु पर्छ धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेस गजमेरले भने ‘यहाँ त जंगल क्षेत्रलाई ब्यापार गर्ने थालो बनाइएको रहेछ ।’जिल्ला बन कार्यालयका प्रमुख धर्मनाथ यादबले अबैध काम भएको जानकारी पाउनसाथ हटाउनका लागि पत्र नै पठाइएको बताए । बन क्षेत्रमा यसरी अबैध काम गर्न मिल्दैन हामीले मौखिक र लिखित दुबै रुपमा हटाउन भनि सकेका छौ उनले भने ।नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एमाले विक्रीती र विसंगती तथा गैरकानुनी कार्यको विपक्षमा सधै रहने बताए । विधिको शासन कायम गराउने सवालमा हाम्रो सबैलाई साथ र सहयोग रहन्छ उनले भने ।