मोरङ/ मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उनले सवै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनु पर्ने बताए । 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि क्षेत्रका विभिन्न उपक्षेत्रहरुलाई लगानी बढाउँदै लैजानका लागि प्रदेश सरकार सवैसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

त्यसका प्रदेश लगानी प्राधिकरणले समेत आवश्यक अध्ययन गरिरहेको जानकारी दिंदै कृषि क्षेत्रको विकासका लागि उपयुक्त नीति र कार्यन्वयनको विधी निर्माण गर्न प्रदेश सरकार सकारात्मक रहेको प्रतिवद्धता जनाए । 

हिमाली भेगका उत्पादन हुने उच्च मुल्यका विशेष उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि समेत यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले नयाँ योजनाहरु अघि सानुपर्ने सुझाव दिए । मुख्यमन्त्री कार्कीले सरकारको तर्फबाट अन्य क्षेत्रलाई कृषिलाई थप सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताए । साथै हिमाली र पहाडी क्षेत्रबाट बढ्दो दरमा भइरहेको बसाई सराईलाई कम गर्नका लागि समेत कृषि क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने धारणा राखेका थिए ।

बाटो, पुल जस्ता पूर्वाधारको विकासले मात्रै प्रदेशको विकास नहुने उनले बताए । 

कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशिलताको विकास र प्रवद्र्धनका लागि करीव २० करोड रुपैयाँ बराबरको थप लगानीको प्रतिवद्धता बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा प्राप्त भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्वीस कन्ट्याक्ट लगायतको सहभागीतामा आयोजित लगानी सम्मेलनमा चिया, माछा, अलैंची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरुलाई आवश्यक पर्ने थप लगानीको प्रतिवद्धता प्राप्त भएको हो ।

सम्मेलनमा सहभागी फण्ड म्यानेजमेन्ट क्षेत्र सम्वद्ध संस्थाहरुले नेपालमै बसेर नवउद्यम प्रवद्र्धनमा लागेका उद्यमीहरुलाई थप प्रोत्साहन गर्ने उदेश्यले आवश्यक लगानीको प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा आध्यन्त फण्ड अन्तरगत आठ महिनाको अवधिमा उद्यम प्रवद्र्धन गरिएका आठ जना नवउद्यमीहरुले आफ्नो उद्यमशिलताको क्षेत्र, लगानी र अवसरहरुबारे जानकारी गराइएको थिए ।

इलामको रक्तकाली टि इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका बिष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि बिष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिनानाथ सिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालि जोसेफ श्रेष्ठ र खेतीपाटी अर्गानिक्स प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए । 

आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत दश जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरु मध्ये बिहीबार आयोजित कार्यक्रममा आठ जना उद्यमीहरुले आफ्नो उद्यमबारे जानकारी गराएका थिए । 

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशिलताको विकास र नविनतम् खोजलाई प्रवद्र्धन गर्दै उनीहरुको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए । उनले राम्रो योजना बनाएर काम गर्न चाहने युवा तथा महिला उद्यमीहरुलाई महासंघले समेत प्रोत्साहित गर्दै आइरहेको जानकारी दिए ।

स्वदेशमै उद्यमशिलताको विकास भएको खण्डमा असंगठित विदेशी लगानी समेत निरुत्साहित भई रोजगारी प्रवद्र्धनमा मद्दत पुग्ने अध्यक्ष राउतले बताए । उद्यमशिलताको प्रर्वद्धनका लागि राम्रा योजनाहरु छनौट गरेर ल्याउनका लागि अध्यक्ष राउतले नवउद्यमीहरुलाई आग्रह पनि गरे । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शीपको विकास बिना मुलुकको विकास नहुने बताए । युवा जनशक्तिमा तालिमको अभाव भएकोले दक्षताबिनै विदेशिने र विदेशमा समेत राम्रो अवसरबाट बञ्चीत हुनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै उद्यमशिलताको क्षेत्रमा लाग्नुपर्ने बताए ।

सरकारले विदेशबाट ज्ञान शीप प्राप्त गरेर फर्किएका युवाहरुलाई केही गर्नका लागि प्रोत्साहन गर्नुपर्ने र स्थानीय सरकारको तर्फबाट आफु पनि सहकार्यका लागि तयार रहेको जानकारी दिए । किसानले आफ्नो उत्पादनको मुल्य आफैं तोक्ने अवस्था सिर्जनाका लागि स्वदेशमै उद्यमशिलताको विकास हुँदै जानुपर्ने बताए ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले उद्योग र उद्यमशिलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको बताए । कृषि र पर्यटनको क्षेत्रमा सरकारको तर्फबाट प्रोत्साहन समेत हुने गरेकोले नवउद्यमीहरुले इमान्दारिताका साथ काम गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्ने सुझाव उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल बताए । 

आध्यन्त फण्डका अध्यक्ष यज्ञप्रसाद न्यापानेले स्वदेशमै उद्यमशिलताको विकासले विदेशी मुद्राको समग्र संचय हुने, रोजगारी बृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहस्त उत्पादन बृद्धिमा समेत सहयोग पुग्ने बताए ।

सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले दृढ विश्वासका साथ अघि बढ्न चाहने नवउद्यमीहरुलाई सवै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताए । उनले केहि गर्ने प्रतिवद्धता लिएर अघि बढेका युवा नवउद्यमीहरुको सोचलाई साथ दिन लगानीकर्ता क्षेत्रका प्रतिनिधिहरुबाट प्रतिवद्धता प्राप्त हुनु निकै सुखद् भएको जानकारी दिए । 

आद्यन्त फण्डका संस्थापक एवं नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेलले उद्यमीहरुलाई सुरुवाती र त्यसपछि उद्यमलाई थप बृद्धि गर्न आवश्यक सहयोग आद्यन्तले गर्दै आइरहेको जानकारी दिए ।

उनले छरिएर रहेको पूँजीलाई एकै ठाउँमा ल्याएर नवउद्यम प्रवद्र्धनका लागि स्रोत सुनिश्चित गर्दै आइरहेको बताए । आद्यन्तले त्यस्ता उद्यमीहरुलाई नीतिगत सहजीकरण गर्नुका साथै उद्यमको स्थापनामा समेत सहयोग गर्दै आइरहेको बताउदै पौडेलले भविष्यमा अन्य प्रदेशहरुमा पनि कार्यक्रम संचालन गर्ने योजना बारे जानकारी दिए ।