धरान/ ब्यापारी देखि सर्वसाधरण सम्मलाई आर्थिक मन्दीले प्रभाब बारेको छ ।
नेपालीहरुको चाड दशैलाई ब्यापारीहरुले ब्यापार हुने मुख्य सिजनका रुपमा लिन्छन् भने आम सर्वसाधरणले दशैलाई किनमेलको उत्कृष्ट समय मान्ने गरेका छन् ।
तर आर्थिक मन्दिका कारण मुखैमा दशै तिहार छठ जस्ता पर्व आउदापनि बजारमा रौनकता देखिएको छैन ।
शहरमा मात्र हैन गाउघरमा पनि दशैको रौनक देखिएको छैन ।चाडपर्वमा पनि ब्यापार नहुने भएपछि ब्यापारी निरश हुन थालेका छन् भने सर्वसाधारणले दशैमा खर्च घटाएर सामान्य रुपमा मनाउने मनस्थिती बनाउन थालेका छन् ।
सहरमा मात्र हैन पछिल्लो समय परम्परागत दशै ग्रामीण क्षेत्रमा समेत हराउदै जान थालेको छ ।
विगतमा ढुंगामाटोले छाएको घर अहिले पक्की बनेका छन्, पक्की बनेसँगै दशैका समयमा रातो माटोबाट लिपपोत गरी सजाइएका घरहरु खोज्दा पनि भेटिदैनन्, यो संगै दशैको रौनक लिंगे पिङले ल्याउने गर्दथ्यो, अहिले गाउँघरका युवाहरु वैदेशिक रोजगारमा भएका कारण गाउँका बुढापाकाहरुले पिंग नै लाउन नसक्दा यस्ता पिङहरु हराउन थालेका छन् ।
धरान ८ मा विगत १० बर्षदेखि बस्दै आएकी कमला थापा अहिले उमेरले ६० पुगिन् । ग्रामीण क्षेत्रमा हुर्किए पनि सुख गर्न धरान झरिन ।
धरान झरेदेखि नै दशै तथा तिहार आउदा पनि खल्लो लाग्ने बताउँछिन् । उनी भन्छिन–‘दशै आउन एक÷दुई महिना अगाडिदेखि नै पहाडमा हुदाँ सिंगार पेटारमा लाग्थ्यौ, ढुंगा र माटोले बनेका घरलाई लिपपोत गर्न एक महिना अगाडिदेखि नै एक दुर्ई कोष टाढाबाट रातो माटो डोकोमा बोकेर ल्याउँथ्यौ, दशै नजिकिदै जाँदा उमंग बढ्ने भएकोले डोको भरि रातो माटो बोकर आउँदा पनि थकान हुदैनथ्यो, साथीसँगीसँग गफिदै चाडवाडका कुरा गर्दै जाँदा साह«ै रमाइलो हुन्थ्यो ।’
उनले अहिले ढुंगामाटोको घर खोज्नुपर्ने अवस्था आएको र सिमेन्ट रड प्रयोग गरेर घर बनाएको हुदा पहाडी क्षेत्रमा समेत ढुंगामाटोले बनेको घर खोज्नुपर्ने बताइन् । उनी भन्छिन–‘घर लिपपोत गरिएन भने त हामीलाई दशै आएजस्तो पनि लाग्दैनथ्यो ।’
यस्तै भनाई लालीगुरास नगरपालिकाकी अम्रिता लिम्बुको छ । उमेरले ६५ पुगेकी उनी तेह्रथुमको लाली गुरास नगरपालिका तत्कालीन बसन्तपुर गाविस वडा नं. २ मुसाङखेलमा हुर्केकी हुन् । तर अहिले धरान १५ मा विगत १५ बर्षदेखि बस्दै आएकी छन् ।
धरान उनी भन्छिन् –‘त्यसबेला नयाँ लुगा लगाउन, मासु खान दशै नै पर्खिनुपथ्र्यो, बल्लतल्ल बुबाआमाले नयाँ लुगा किन्दिदा हामी यति खुशी हुन्थ्यौ कि भनेर साध्य छैन ।’ त्यसबेला यहाँका बासिन्दाको किनमेल गर्ने ठाउँ बसन्तपुर बजार नै भएको उनी बताउँछन् ।
दशैमा सबैले बसन्तपुरमा आएर नया लुगा किन्ने गरको उनी सुनाउँछिन् । उनी भन्छिन–‘लुगा किन्न बुबाआमासँग बसन्तपुर आउँदा हामी ज्यादै खुशी हुन्थ्यौ, खरिद गरेर लगेको लुगा गाउँकै दर्जीले सिलाउँथे, कतिखेर सिलाइसक्छ र लगाउने भनेर हामी पटक पटक धाउने गर्दथ्यौ, छिटो लुटा सिलाएर लाउन पाए कस्तो हुन्थ्यो भनेर हामी अत्यत्यै उत्साहित हुन्थ्यौं।’
पछिल्लो समय चाडपर्व देखासिकी हुन थालेको उनी बताउछिन् । सबैले एकै प्रकारको दशै मनाउँदा आर्थिक भार पनि सबैलाई प्राय ः उस्तै हुने गरेको उनी बताउँछिन् ।
अष्ठमीका दिन बोका, खसी काट्दा त झन खुसीको सीमा नहुने उनहिरु बताउँछन् । लामो पैदल यात्रा गरेर साथीभाई, दिदीबहिनीसँग टिका जमरा लगाउन मामला घर, आफन्तको घर जाँदा छुट्टै आनन्द आउने उनीहरु बताउँछन् ।
निधारभरि टीका, कानमा जमरा सिउरिएर अभिभावकले दिएको आर्शीवाद कहिल्यै नविर्सिने उनीहहरु बताउँछिन् ।
त्यसबेला कोसेली र दक्षिणको कुनै मतलब नहुने लिम्बु बताउँछिन् । उनी भन्छिन–‘अहिले त आफन्त गरिब छ भने भरसक टीका लगाउनै जाँदैनन्, धनी हेरेर कोसेली बोकेर टीका लगाउन गयो भने धेरै दक्षिणा झर्छ भन्ने मानसिकता बढेर गएको छ ।’ उनले दशैलाई अहिले दक्षिणा र कोसेलीसँग दाँज्न थालिएकोमा आफूलाई नराम्रो लाग्ने थापा सुनाउँछिन् ।
उनी भन्छिन–‘रातो टिका र जमरा लगायो, टिकाको दिन लिंगे पिङ खेल्नैपर्छ, टिकाको दिन एक दिन भुई छोड्नै पर्छ भन्ने थियो, सबैजना साथीभाई मिलेर पिङ खेल्न जादाको क्षण अहिले पनि ताजै छ, त्यो सबै हरायो, दशै आए पनि दशै आए जस्तो लाग्दैन आजकल त ।
’हिन्दु धर्मालम्बीहरुले मनाउँदै आएको दशै पछिल्लो समय साझा पर्वको रुपमा मनाउन थालिएको छ । साझा परम्परा बन्नु सकारात्मक कुरा हो, तर परम्परागत दशै भने हराउदै गएको छ ।