धरान/ सप्तकोशी नदी यतिवेला बांस ढुवानी गर्ने जलमाध्यम वन्दै गइरहेको छ । पुर्वका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङवाट वासको घनाहरु मिलाएर डुङ्गा जस्तो बनाएर वगाउदै सुनसरीको चतरासम्म ल्याएर डिपो गरी विक्री गर्ने गरिन्छ ।

पुर्वी पहाडी जिल्ला जहाू यातायातको पहुच नपुगेका ग्रामीण क्षेत्रवाट यसरी जोखिम मोलेर सप्तकोशी नदीमा वास वगाउदै ढुवानी गर्दा आम्दानी समेत मनग्गे हुने गरेको छ ।

यसरी दैनिक हजारौ घना वास सप्तकोशी नदी हुदै सुनसरीको चतरा नजिकैको तेह्रआरडी ल्याइपुर्‍याइन्छ ।

पुर्वी पहाडी जिल्ला भोजपुर, उदयपुर, धनकुटा र खोटाङवाट यसरी वास वगाएर ल्याउने गरिन्छ । सुनसरीको चतरा ल्याई पुर्‍याए पछि वासको दाममा पनि धेरै फरक पर्ने गर्दछ ।

यहा वास खरिदका लागि काठमाण्डौ, धरान, इटहरी लगायतका व्यापारीमात्र हैन क्षेत्रिय कारगार झुम्कामा समेत यही बास खरिद गरेर त्यहाका कैदी वन्दीहरुले विभिन्न प्रकारका बासका सामाग्री निर्माणमा प्रयोग गर्ने गरेका छन् ।

सप्तकोशी किनारामा अहिले दैनिक १ हजार ५ सय देखि २ हजार घाना वास सप्तकोशी नदीको पानीमा डुंगा जसरी तैराउदै ल्याईपुर्‍याईन्छ ।

कार्तिकदेखि जेठ सम्म यहा वासको व्यापार हुने गर्दछ । सिजन अर्थात पुषमा दैनिक ५ हजार देखि १० हजार घना सम्म दैनिक यहाँ वास आयत सप्तकोशी नदीको माध्यमवाट आईपुग्ने गर्दछ ।

यसरी पहाडी क्षेत्रवाट संकलन गरेर लामो समय पानीमा डुवाउदै वगाउदै ल्याएको वासको निक्कै राम्रो गुणस्तर हुने पनि वास व्यावसायी पुन्यप्रसाद गौतम वताउछन् ।

वासको सिजनको वेलामा करिव करिव ५ देखि ७ लाख घनासम्म वास सुनसरीको चतरा आइपुग्ने वास व्यावसायीहरु वताउछन् ।

सडक सुविधा नपुगेका नदीले छोएका पुर्वी पहाडी जिल्लावाट यहा वास निकासी हुने गर्दछ । सप्तकोशीबाट बासमाथि मानिससमेत चढेर वगाउदै ल्याउदा बेलाबेला जोखिम समेत हुने गरेको बास खरिद गरेर विक्रीका क्रममा ल्याउने व्यापारी रघु राई बताउछन् ।

करिब २ दशक अगाडिदेखि यातायातको पहुच नपुगेको पूर्वी पहाडी जिल्लाबाट सप्तकोशी नदीको माध्यबबाट वास ढुवानी हुने गरेको स्थानीयहरुको भनाई छ ।

एक पटकमा एक पटकमा सयौ घना वास वाधेर वगाउदै ल्याउने गर्दछन् ।

जोखिम मोलेर ल्याइएको यस्ता बासहरुको समेत निकासी कर व्यावसायीलाई महंगो लिने गरेको व्यापारीहरुको दुखेसो छ ।

यहावाट पुर्वको विभिन्न शहर र काठमाण्डौ सम्म वास विक्री हुने गर्दछ । बासको बजार गाउमै हुने गरेको भए यस्तो जोखिम मोलेर सप्तकोशीबाट ल्याउन नपर्ने भन्दै त्यहाँका व्यवसायीहरुले गाउमै उचित बजारको व्यवस्था गरिदिन सरकारसंग माग समेत गरेका छन् ।