धरान/ नेपालको संविधानले  स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । स्वास्थ्य सेवा वन्द गर्नु कानुनको उल्लङ्घन मात्र  नभई  मानिसको बाँच्न पाउने विश्वव्यापी सिद्धान्तको उल्लङ्घन गर्नु पनि हो ।

यस्तै भएको धरान स्थित वीपी कोइराला  स्वास्थ्य विज्ञान प्र्तिठानमा पनि । चिकित्सक तथा कर्मचारीहरुको आन्दोलनको कारण दैनिक हजारौ विरामी उपचारवाट वन्चित भएका छन् ।

वृत्ति विकासको माग राखेर आन्दोलित शिक्षक कर्मचारीले पनि स्वास्थ्यजस्तो संवेदनशील संस्थाको आवश्यकदेखि अन्य सेवा बहिष्कार गरेका छन् ।

प्रतिष्ठानको एकेडेमिकदेखि ओपिडी सेवा सबै ठप्प छ । वृत्तिविकासको माग गर्दे प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले काम छोडेर आन्दोेलनमा उत्रदा उपचार गर्न प्रतिष्ठान आएका विरामी उपचार नपाई फर्कन बाध्य भएका छन् ।

bp-andolan-pic

केराबारी ९ घंघरुबाट किड्नीमा भएको स्टनको शल्यक्रियाका लागि तोकिएको मितिमा आएकी रुमा गुरुङले शुक्रबार चिकित्सकले शल्यक्रियाको समय दिएको भएपनि बन्द हड्तालका कारण नभएको बताइन् ।

उनले भनिन्, ‘विरामीलाई नै समस्या बनाएर गरिएको आन्दोलन जायज हैन, आन्दोलनको विकल्प नखोजिए धेरै विरामीले सास्ती भोग्नुपर्ने हुन्छ ।’  

अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ संशोधन २०७५ सहितको दफा ३ अनुसार हड्ताल गर्न नपाइने सेवाको सूचीमा सरकारले गतवर्ष राजपत्रमा प्रकाशित गरेको छ ।

राजपत्रमा प्रकाशित सूचीअनुसार विभिन्न २५ वटा सेवामा बन्द हड्ताल गर्न पाइँदैन । बीपी प्रतिष्ठानका विषयमा २०७८ सालमा नै बन्द नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ संशोधन २०७५ सहितको दफा ३ अनुसार हड्ताल गर्न नपाइने सेवाको सूचीमा सरकारले गतवर्ष राजपत्रमा प्रकाशित गरेको छ । सर्वोच्च अदालतले २०६७ भदौमा परमादेश जारी गरी अस्पताललगायतका अत्यावश्यक सेवामा अवरोध गर्नेमाथि कडाइ गर्न परमादेश दिएको थियो । 

उच्च अदालत विराटनगरले समेत गत माघ ४ गते नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, हड्ताल तथा तालाबन्दीजस्ता कार्यहरु नगर्न गराउन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालचका न्यायाधीस श्रीधरकुमारी पुडासैनीको एकल इजलासले  स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दी हुँदा जनताको स्वास्थ्य अधिकार हनन हुने भन्दै तत्काल अस्पताल सेवा सुचारु गर्न आदेश दिएको थियो ।

तर प्रतिष्ठान अहिले सम्म सञ्चालन आउन सकेको छैन । आन्दोलनरत कर्मचारी भने आफुहरुले अस्पताल सेवा वन्द नगरेका दावी गर्र्छन ।

आन्दोरत कर्मचारी नेता महेश्वर राईले आफुहरुले काम मात्र छोडेको अस्पताल बन्द नगरेको बताए । उनले भने, ‘हामीलाई बर्षौ बीपीले गुमराहमा राखेको छ, हामीले काम मात्र छोडेका हौै, पूरै बन्द गरेका हैनौ ।’ 

कर्मचारी र चिकित्सकले आफुहरुले काम छोडेको वन्द नगरेका वताए पनि चिकित्सक र कर्मचारी नहुँदा उपचारमा आएका विरामी भने उपचार वाट वन्चित भइरहेका छन् ।

त्यसोत उनिहरुले उठाएको मागमो विषयमा समेत उच्च अदालतले कुनै प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश दिएको छ ।

तर प्रतिष्ठानमा आन्दोलनरत कर्मचारी र चिकित्सकलाई अदालतको आदेशको कुनै मतदव छैन । उनिहरुलेले सबै कर्मचारी आन्दोलनको पक्षमा रहेका दावि गर्दै आएका भए पनि कमचारीहरुको एक समुहले भने अस्पतला सेवा सुचारु गर्नूृ पर्ने वताउदै आएको छ । 

प्रतिष्ठानको शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका बेला प्रतिष्ठानकै कर्मचारीका एक समूहले स्वास्थ्य सेवा ठप्प पार्न नहुने भन्दै विरोध जनाएको छ ।

प्रतिष्ठानकै कर्मचारीहरूको कर्मचारी कल्याण तदर्थ समितिका कार्यवाहक अध्यक्ष मदनकुमार हलवाई, महासचिव बालकृष्ण मेहेर्ताले विज्ञप्ति जारी गरी पदोन्नतिको विषयमा भएको आन्दोलनले अस्पताल तथा पठन–पाठनमा दीर्घकालीन असर पर्न जाने उल्लेख गर्दै आन्दोलनको शैली गलत भएको जनाएका छन् ।

स्वास्थ्य र शिक्षाजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्नु गलत भएको चर्चा चलिरहेका बेला कर्मचारी कल्याण तदर्थ समितिले पनि सेवा प्रभावित हुँदा मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् ।

सेवा सुचारु गर्न नागरिक दवाव

bppp

 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान १८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण रयाली गरिएको छ ।


प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष नरेन्द्र राई (प्रविन)ले जानकारी दिए । 

तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु सहभागी भएका थिए ।

अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे पछि भण्डाफोर गर्दै प्रतिष्ठानको गेटअगाडि धर्ना बस्ने अध्यक्ष राईले चेतावनी दिए ।

उनले भने, ‘माघ १७ गते अदालतको फैसला पश्चात आवश्यक थप आन्दोलनको तयारी गर्नेछौं ।’

प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण रयाली निकालिएको उनले बताए । 

आम धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने बताए ।

धरान बाहिर बाट उपचार गर्न आएका बिरामीहरुले थप सास्ती भोग्नुपरेको उनको भनाई छ । उनले भने, ‘धेरैतिरबाट फोन आउँछ, तपाईकै आँगनमा रहेको प्रतिष्ठान खुल्यो’, तर मैले जवाफ दिन सकेको छैन, त्यही भएर आजदेखि आन्दोलन शुरु गरें ।’ 

र्याली पछिको कोण सभालाई सम्बोधन गदैं नेकपा एमाले प्रदेश कमिटी सदस्य एंव मजदुर नेता भीमज्वाला राईले प्रतिष्ठानको चिकित्सक, कर्मचारीहरुको बढुवालाई उनीहरुको नियमित कुरा रोक्न नहुने बताउँदैं चाढै समस्या समाधान गर्न सुझाव दिए ।

उनले स्वास्थ्य संस्थामा राजनीति नगर्न पदाधिकारी, चिकित्सक लगायतलाई सुझाव दिए ।

उनले भने, ’यो धरानको सम्पति हो । यसलाई दोहन गर्ने काम ठिक छैन् । प्रतिष्ठानले आफ्ना समस्या समाधान गरेन अव धरानने जनताले प्रतिष्ठानलाई हस्तक्षेप गर्नेछ, विभिन्न पहाडी जिल्लाबाट उपचारमा आएका विरामी अलपत्र छन् ।

धराने जनताको एक मात्र गहना प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन कसैलाई छुट छैन् । सेवा सुचारी हुनु पर्छ भन्ने जनताको माग हो ।’